२०८३ भाद्र २८ गते आइतवार

रुकुम पश्चिममा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु , ९ जना घाइते

दाङ , भदौ २८ ।

रुकुम पश्चिममा आइतबार बिहान भएको जिप दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परि थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले बताए ।

डिएसपी पौडेलले चालकसहित एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । यो खबर तयार पार्दासम्म मृतकको पहिचान भइ सकेको छैन ।
आइतबार बिहान सवा ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप बोलेरो जिप भीरबाट झन्डै १०० मिटर मुनी खसेको थियो ।
मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । प्रहरी घटनास्थल पुग्दै छ ।
जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हेमन्त गिरीले आँफु घटनास्थल तर्फ गइ रहेको बताए ।
शनिबार बिहान सोही समयमा छिमेकी जिल्ला सल्यानमा भएको जिप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको थियो । थप ३ जना घाइतेको भने दाङमा उपचार भइ रहेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *