
तुलसीपुर, भदौ १९ ।
दाङमा पहिलो पटक राइड सेरिङ प्लेट फर्म पठायो एक्स ‘दाङ इ– ड्राइभ प्रालि’ले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो सेवाको उद्घाटन गरेको छ ।
तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिरमा बिहान पूजा पछि सेवा इ–ड्राइभ सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
सेवा उद्घाटनको सुरु गर्नु भन्दा पहिले ‘दाङ इ– ड्राइभ’को तर्फबाट भदौ १० गते भोटेकोशी / त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहात कोषणमा जम्मा गरिएको थियो ।
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले त्यसपछि जिल्लाको पहिलो राइड सेरिङ सेवाको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रम पछि सम्बोधन गर्दै न्यौंपानेले यातायात क्षेत्रमा प्रविधिको विकास तीव ्ररूपमा भइरहेको भएपनि त्यो अनुरुप सडक पूर्वाधारको बिकास गर्नु अब राज्यका लागि चुनौति बन्दै गएको बताए ।
प्रविधिमा आधारित यातायात सेवाले यात्रुलाई सहज र सुविधाजनक सेवा उपलब्ध गराउने उनले विश्वास ब्यक्त गरे ।

ठूला सहरमा यस्ता राइड रेरिङ प्लेट फर्मले दिइ रहेका सेवा प्रति सर्वसाधारणको ठूलो आकर्षण बढ्दै गएको भन्दै उनले पश्चिम क्षेत्रमा दाङबाट सुरु भएको सेवाले यात्रुको सुविधामा बिषेश ध्यान दिन जरुरी रहेको बताए ।
विद्युतीय सवारीको प्रयोग बढ्दै जानु वातावरण संरक्षणमा योगदान पुग्ने मात्रै नभइ नयाँ प्रविधिमा आधारित सेवा थपिनुले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रतिष्र्धी बनाउन सहयोग पुग्नु उनले बताए ।
उद्घाटन कार्य क्रमलाई त्रिशिद्वेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रालिका एक सञ्चालक बिनिल केसी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजाल, दाङ भ्याली अटो यातायात प्रालिका अध्यक्ष महेन्द्र महरा, नेपाली काँग्रेसका नेता सुरेन्द्र खड्का, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
प्रविधिमैत्री यातायात सेवाको विस्तारले दाङको यातायात क्षेत्रलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने बक्ताहरुको भनाइ थियो ।

स्थानीय युवाको लगानीमा सुरु भएको इ–ड्राइभ सेवाले रोजगारी सिर्जनासँगै जिल्लाको यातायात सेवामा नयाँ आयाम थप्ने आशा गरिएको छ ।
प्रालिमा हाल ११ वटा सिजी कम्पनीका आइसर्य वार्ड बिद्युतिय कारहरुछन् । सिजी मोटर्सका यी बिद्युतिय कार एउटाको बजार मूल्य हाल ५८ लाख रुपैयाँ पर्ने जानकारी दिइएको छ ।
त्यस्तै मोटरसाइकल १० वटा र अटो ८ वटा बाट सेवा प्रदान गरिदै आइएको छ । ‘दाङ इ– ड्राइभ प्रालि’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, प्रहरी अधिकारीका परिवार, यातायात ब्यबसायी, हस्पिटल क्षेत्रका ब्यक्ति लगाएत बिभिन्न ११ जना ब्यक्तिको सहकार्यबाट संचालनमा आएको हो ।
प्रालिका अध्यक्ष ऋषिराज लहरे –अरुण) को विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रालिका संचालक समिति सदस्य प्रकाश वलीले गरेका थिए ।

