२०८३ भाद्र १७ गते बुधवार

बाढी पछि बेपत्ता जनक शाह खोज्न वडाले १५ हजार सहयोग गर्‍यो

तुलसीपुर , भदौ १७ ।

भोटेकोशी बाढीमा परि बेपत्ता छोरा खोज्न जाने गाडी भाडासमेत नभएको बिवरण पेश गरेपछि वडा कार्यालयले एक जना अभिभावकलाई आर्थिक साहेता गरेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ११ घर भइ रसुवा र चिनको सीमानामा क्षेत्रमा जेसिबी चलाउने अप्रेटर ३३ बर्षीय जनक शाह ठकुरी हालसम्म फेला पर्न सकेका छैनन् ।
यो बीचमा बेपत्ता जनकका बुवा हरिबहादुर शाहले आँफु संग छोरा खोज्न जानका लागि जाडी भाडासमेत नरहेको भन्दै वडा कार्यालयमा आर्थिक सहयोग माग गर्दै निवेदन दिएका थिए ।
सोही निबेदनका आधारमा हरिबहादुरलाई गाडी भाडा बाफत १५ हजार रुपैंयाँ प्रदान गरिएको वडाध्यक्ष मानबहादुर रावतले बताए ।
वडाले उपलब्ध गराएको १५ हजार रुपैयाँ सहयोग पाएपछि हरिबहादुर बेपत्ता छोरा जनकको खोजीका लागि रसुवा तर्फ लागेको वडाध्यक्ष रावलते जानकारी दिए ।

वडाध्यक्ष रावतले यसअघि नै बाढी पीडितको उद्धार तथा साहेताका लागि भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ब्यक्तिगत रुपमा ११ हजार आर्थिक सहयोग प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *