तुलसीपुर, साउन २८ ।
तुलसीपुरमा बगेर तीन बर्षीय बालकको मृत्यु भएको छ ।
सल्यान घर भइ तुलसीपुरको अटो भिलेज नजिकै आमा संगै डेरा गरि बस्ने बालक बिहीबार बेलुकी ५ बजेतिर स्थानीय कुलोमा बगेका थिए ।
३ बर्षीय सुशिल बिक तुलसीपुर उपमहानगरपालिका – ६ गौलौरास्थित नालामा अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पुर्याएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार बेलुकी पौने ६ बजेतिर चेकजाँच पछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।
बालक कमला बिकका छोरा हुन । प्रहरीका अनुसार उनको घर सल्यान हो । उनीहरु आमा छोरा अटो भिलेज नकिजै भाडामा बस्दै आएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
