२०८३ साउन २२ गते शुक्रवार

कर्णाली बिकास बैंकका पूर्व प्रमुख शाहसहित ३ जना पक्राउ


दाङ, साउन २२ ।


बाँके प्रहरीले समस्या ग्रस्त कर्णाली बिकास बैंकका तत्कालिन कार्यकारी अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको नेपालगंज उपमहानगरपालिका – १२ का ४२ बर्षीय निरज बिक्रम शाह, ३९ बर्षीया दीपा थापा र ४३ बर्षीया शुभेच्छा श्रेष्ठ पक्राउ परेका हुन ।
पक्राउ परेका मध्य शाह तत्कालिन कर्णाली बिकास बैंकका कार्यकारी अधिकृत हुन ।
यो बैंक समस्या ग्रस्त घोषणा भए संगै नेपाल राष्ट्र बैंकबाट गठित ब्यबस्थाप समुहका तर्फबाट जुगलकुशल कुशबहाले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फक्राउ पछि तीनै जनालाई उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासमा पेश गरिएको जिल्ला प्रबक्ता डिएसपी प्रतितसिंह राठौरले बताए ।
यो बैंकमा ठूलो आर्थिक घोटाला भएपछि नेपाल राष्ट्रिय बैंकले त्यसलाई समस्या ग्रस्त बैंक घोषणा गरि सम्पूर्ण ब्यबस्थापनको पाटो बिगत डेढ बर्ष भन्दा बढी समयदेखि आँफैले सम्हाल्दै आएको छ । राष्ट्रिय बैंकले बाँकेको नेपालगञ्ज्मा केन्द्रीय कार्यालय रही मध्य पश्चिमका बिभिन्न जिल्लामा सेवा दिदै आएको कर्णाली बिकास बैकका तत्कालिन संचालक समितिका अध्यक्ष, बिभिन्न पदाधिकारी, कर्मचारीसहित एक सय बढीलाई आर्थिक हिनामिना गरेको भन्दै बिपक्षी बनाई मुद्दा दायर गरेको थियो ।
यसअघि पनि बैंकका संचालक समितिका अध्यक्षसहितका ब्यक्तिहरु पक्राउ परि सकेका छन् । कतिपयलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हुँदा केही कारागारमा छन् ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *