दाङ, साउन २२ ।
रुकुमपश्चिममा कारागार कार्यालयको थुनुवा बोक्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना किशोरको मृत्यु भएको छ । मोटरसाइकल चालक गम्भीर घाइते छन् । उनको बाँकेको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार जारी छ ।
दुर्घटनाका घाइते मध्य जिल्लाको आठबिसकोट नगरपालिका –८ स्थायी घर भइ हाल मुसिकोट नगरपालिका – १ मठ बस्ने आएका १८ बर्षीय निवास बोहराको मृत्यु भएको जिल्लाका प्रमुख डिएसपी बेदबहादुर पौडेलले बताए ।
मृतक बोहरा मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनामा परि मोटरसाइकल चालक आठबिसकोट नगरपालिका –१० का २० बर्षीय गणेश शाही गम्भीर घाइते छन् । हाल उनको उपचारका लागि बाँकेको नेपालगञ्जस्तिथ न्यूरो अस्पतालमा भइ रहेको छ ।
गाडीका चाकल मुसिकोट – २ रावत खेतका ५१ बर्षीय टेकबहादुर पुनलाई प्रहरीले हिरासतमा राखेको छ ।
बिहीबार बेलुकी पौने ८ बजेतिर मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोक मार्गमा जिल्ला कारागार कार्यालय रुकुमपश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले क.प्र. ०३– ००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
