२०८३ साउन २० गते बुधवार

टरिगाउँ एयरपोर्ट ५ अर्ब रकम भए मात्रै बन्न सक्छ – शंकर पोखरेल

तुलसीपुर, साउन २० ।


टरिगाउँ एयरपोर्टको बारेमा नेपाली काँग्रेसका नेता दीपक गिरीको जस्तै धारणा नेकपा एमाले महासचिव शंकर पोखरेलले पनि ब्यक्त गरेका छन् । एमाले महासचिव पोखरेलले बुधबार तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलमा सानो तिनो रकमले टरिगाउँ एयरपोर्ट नबन्ने र कम्तिमा ५ अर्ब रुपैंयाँ चाहिने धारणा ब्यक्त गरेका हुन ।


२०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा टरिगाउँ एयरपोर्ट बिस्तारका लागि नीति र बजेट दुबैमा परेको भन्दै महासचिव पोखरेलले त्यो बेला काँग्रेसका नेता जीवनबहादुर शाही पर्यटन मन्त्री बनेको स्मरण गरे । त्यो बेला काँग्रेस नेता दीपक गिरीले दाङको एउटा महत्वपूर्ण बिषय टरिगाँउ एयरपोर्टको बारेमा अध्यन गरेको र त्यो अध्यनले आर्थिक रुपमा टरिगाउँ एयपोर्ट विस्तार संभवएको बरु चार बगिया र नारायणपुर क्षेत्रमा एयरपोर्ट उपयुक्त छ भनेर रिपोर्ट दिएको पोखरेलले बताए । त्यो सरकार नौं महिनाको मात्रै थियो ।


फेरि २०७४ सालमा एमालेको नेतृत्वमा सरकार बनेपछि काँग्रेसका पालामा निर्माण गरिएको सोही रिपोर्ट अध्यन गरि नारायणपुरको उत्तररी क्षेत्रमा प्राबिधिक आइ अध्यन गर्न खोज्दा सरकारी जग्गा मिचेर बसेकाहरुले बिरोध सुरु गरेको र त्यसपछि सोही टोलीले नारायणपुरको दक्षिण क्षेत्रमा अध्यन गरेपछि हालसम्म नेपालमा बनेका मध्य सबै भन्दा सबै भन्दा राम्रो लोकेसन छ भन्ने निष्कर्ष निकालेको पोखरेलले बताए ।
आँफुले सोही रिपोर्ट दाङका नेताहरुलाई राखेर प्रस्तुत गर्न लगाएको तथा सबैले रिपोर्ट राम्रो रहेछ भन्ने कुरा गरेपनि उनीहरुले नै दाङ आउँदा नारायणपुरमा एयरपोर्ट बनाउनु पर्छ भन्ने आँट कसैले नगर्दा समस्या भएको एमाले महासचिव पोखरेलले बताए ।
दाङका नेताहरुले साथ नदिएपछि आँफुले नेताहरुले जहाँ बनाउने भन्छन् त्यसैलाई अर्थात तुलसीपुरकै एयरपोर्ट बनाउने भनेर साथ दिएको पोखरेलले उल्लेख गरे । ‘ अब तपाँइहरुले पहल गर्ने मैले साथ दिने भनेको हुँ,’ पोखरेलले भने ।


त्यसपछि फेरि तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय प्राबिधिक टोली बनाएर अध्यन गरेको र त्यो अध्यन प्रतिबेदनले अहिलेको धावन मार्ग परिवर्तन गरि उत्तर दक्षिण करिब १५०० मिटरको धावन मार्ग बनाउन सकिने संभावना औंल्याइ दिएको थियो ।
सोही अनुरुप डिपिआरपनि तयार गरिएको पोखरेलले बताए । संयुक्त सरकार भएको बेलामा काँग्रेस नेता दीपक गिरीसहित आँफुपनि गइ पर्यटन मन्त्रीलाई भेटेर टरिगाउँ एयरपोर्टका लागि बजेट राख्न लगाएको पोखरेले स्मरण गरे । मन्त्री, सचिव, डिजी लगाएत सबैलाई राखेर बजेट राख्ने कुरा गरेको भएपनि जम्मा एक करोड मात्रै बजेट परेको पोखरेलले बताए ।
जग्गा अधिग्रहण गर्न मात्रै करिब एक अर्व बजेट चाहिनेमा अनुमान गरिएकोमा जम्मा एक करोड बजेट परेपछि एयरपोर्ट नबन्ने भयो भन्ने धारणा बनेको उनले बताए ।


‘उहाँ (दिपक गिरी)ले पनि त्यही चर्चा गरेको होला,’ पोखरेलले भने ।
साथै उनले पाँच अर्व लगानी गर्न सक्ने नेतृत्व भयो भने १५०० मिटर लामोे धावन मार्ग बन्ने स्पष्ट पारे । तै पनि तुलसीपुरमा दिउँसोको समयमा चल्ने हावाका कारण प्लेन ल्याण्ड गर्न नसक्ने तथा बेलुकी र बिहान मात्रै सक्ने अवस्था उनले औंल्याए ।
‘टरिगाउँ एयरपोर्ट बन्दै बन्दैन भन्ने पक्षमा म छैन,’ उनले भने ‘ तर, जति नारायणपुरमा उपयुक्त छ त्यस्तो तुलसीपुरमा एयरपोर्ट बन्न संभव छैन ।’
प्रेस चौतारी नेपाल दाङकी अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत पूर्व जिल्ला सचिव गोकर्ण पौडेलले गरेका थिए भने सहजीकरण वशन्त परियारले गरेका थिए ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *