२०८३ साउन १७ गते आइतवार

नदीको डिलबाट हाम फालेकी महिलाको मृत्यु

दाङ , साउन १७ ।


अछाममा एक महिलाले झुलुङ्गे पुल नजिकै खोलको डिलबाट हाम फाले पछि ज्यान गुमाएकी छन् ।
जिल्लाको चौरपाटी गाउपालिका – ५ की ३२ बर्षीया खिना खड्काले आइतबार विहान सवा ७ बजेतिर साँफेवगर – २ बागबेणीस्थित बुढी गंगा नदीमा हाम फाल्दा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले खड्काको शब घटनास्थलदेखि करिब १ किलोमिटर दक्षिणमा पर्ने साँफेवगर – १ बैद्यनाथस्थित बुढीगंगा नदीको बीच भाडमा अड्किएको अवस्थामा फेला परेको थियो ।

मृतकले मानसिक श्वास्थ्य सम्बन्धि औषधि सेवन गर्दै आएको तथा मानसिक सन्तुलन राम्रो थिएन भन्ने खुल्न आएको डिएसपी खनालले बताए ।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *