२०८३ साउन १५ गते शुक्रवार

समयअघि आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित


दाङ , साउन १५ ।

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्झौतामा तोकिएको समयभन्दा अगाडि सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा कार्यक्रमका अवसरमा शुक्रबार विभिन्न जिल्लाका आयोजना समय अगावै सम्पन्न गर्ने निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको हो ।
जय बागेश्वरी–बर्दिया व्ल्याक–बक खुमचन्द्र जे।भिका सन्तोष केसी, एसियाटिक–लुम्बिनी जेभी बुटवलका नरप्रसाद शेरचन, वागेश्वरी–ओमकार–ओम जेभि रुपन्देहीका विजय लोध, श्रीराम सैनामैना जेभि सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजुवार प्युठानका बालाजु श्रेष्ठ, शारदा निर्माण सेवा प्राली तुलसीपुरका जयबहादुर खत्री, राजविर निर्माण सेवा प्राली रोल्पाका राजविर घर्ती मगर, भगवती–अलकापुरी–आरए जेभी तिलोत्तमाका चित्रबहादुर श्रेष्ठ, राजेश्वरी कन्स्ट्रक्सन प्राली गुल्मीका भागवत गिरी, पिएसिएल लाइनियर जेभि बुटवलका ऋषिराम अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *