हेर्नुहोस – कस्ले कति जग्गा अतिक्रमण गरेका छन् ?
तुलसीपुर, साउन ५ ।
राप्ती प्रादेशिक अस्पाल तुलसीपुरको नाममा रहेको अतिक्रमित जग्गा क– कस्ले कति अतिक्रमण गरेका छन् भन्ने बिवरण अमिनले तयार पारी बुझाएका छन् ।
तुलसीपुर उपमहानगर कार्यपालिकाको कार्यालय वडा नं. ५ को तर्फबाट अमिन बिक्रम गौतमले अतिक्रमित जग्गा बारेको बृस्तित प्रतिबदेन तयारी गरि असार ३० गते अस्पताल प्रशासनलाई बुझाइ सकिएको बताए ।
अस्पतालका प्रशासन प्रमुख हुकुम वलीले प्राप्त प्रतिबेदनको स्वामित्व ग्रहण गरि सकेपछि त्यो सार्वजनिक गरि कार्यान्वयनमा चरणमा लाग्ने बताए ।
त्यसबारे छलफल जारी रहेको तथा सोमबार मात्रै अस्पताल प्रशासनले प्राप्त प्रतिबेदन बारे प्रमुख जिल्ला अधिकारी संग छलफलसमेत गरेको प्रशासन प्रमुख वलीले बताए ।
अस्पताल बिकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि प्रतिबेदन बारे आन्तरिक रुपमा छलफल भइ रहेको, स्थानीय प्रशासन संगपनि त्यसबारे छलफल भइ आफ्नो जग्गा प्रात्तिका लागि आवश्यक कदम चालिने बताए ।
अस्पताल प्रशासन स्थानीय प्रशासन समेत संग आवश्यक छलफल र परामर्ष गरि फेरि एक पटक जग्गा खाली गर्नका लागि सार्वजनिक सूचना जारी गर्ने पक्षमा रहेको अध्यक्ष लामिछानेले बताए ।

‘ अस्पतालको जग्गा अतिक्रमण गरि घर टहरा निर्माण गरेका तथा उपभोग गर्दै आएका ब्यक्तिहरुका हकमा फेरि एक पटक निश्चित समय तोकेर सार्वजनिक सूचना जारी हुन सक्छ,’ उनले भने ‘ त्यो सूचना पछि निर्धारित समय पछि त्यस्ता संरचना हटाइ अस्पतालका जग्गा फिर्ता ल्याइने छ ।’

यसअघिको नापजाँच बाट अस्पतालको कुल २५ कठ्ठा ६ धुर जग्गा अतिक्रमणमा परेको पाइएको थियो । जस्मा बिभिन्न ४४ वटा घर टहरा निर्माण गरि मानिसहरु बसोबास गर्दै आएको खुलेको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका अमिन बिक्रम गौतमले नाप जाँच गर्दा अस्पतालको नामको कित्ता नं। ७८ अन्तर्गत २३ कठ्ठा जग्गा अतिक्रमित भएको छ । अस्पवताल भवनको पश्चिम तर्फ १५ वटा र उत्तर तर्फ १६ वटा गरि कुल ३१ ठूला साना घर टहरा निर्माण गरि मानिसहरु बस्दै आएका छन । केही जग्गा भने ं खाली अवस्थामा छ ।
नापा जाँच गर्दा कित्ता नम्बर ७५ अन्तर्गत अस्पतालको १ कठ्ठा १ धुर जग्गा पुरै अतिक्रमणमा परेको पाइएको छ । जुन अरणिको मैदानदेखि पश्चिमको कुलो वारीको जग्गा हो । त्यहाँ १० वटा घरहरुले केही भागहरु अतिक्रमण गरेको पाइएको छ ।
कित्ता नम्बर २६८४ अन्तर्गत १ कठ्ठा ५ धुर जग्गा अतिक्रमण भएको छ । जुन इलाका प्रशासन कार्यालयको उत्तर तर्फको जग्गा हो । त्यहाँ ब्यक्तिका बिषेशका ३ वटा घरहरु निर्माण गरिएका छन ।
अतिक्रमण हटाउन सके अस्पतालको कुल जग्गाको क्षेत्रफल झन्डै ७ बिगाहा पुग्ने देखिएको छ ।
