२०८३ साउन ५ गते मङ्गलवार

बलात्कार मुद्दामा १८ बर्ष कैद र ६ लाख जरिवाना तोकिएका युवक पक्राउ

दाङ, साउन ४ ।
बलात्कार मुद्दामा १८ बर्ष कैद र ६ लाख जरिवाना तोकिएका एक युवक पक्राउ परेका छन् ।
सल्यानको शारदा नगरपालिका– १ का २७ वर्षीय अजय बुढाथोकी श्रीनगर बजारबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
गत जेठ १० गते सर्बाैच्च अदालतले बलातकार मुद्दामा बुढाथोकीलाई दोषी ठहर गर्दै बुढाथोकीलाई १८ बर्ष कैद र ६ लाख रुपैंयाँ जरिवनाको फैसला सुनाएको थियो । बुढाथोकी लुकिछिपी बस्दै आएका थिए ।
फरार प्रतिबादी खोजी गर्ने क्रममा पक्राउ परेका उनलाई सोमबार प्रहरीले सल्यान अदालतमा पेश गरेको थियो ।
अदालतको आदेशले सल्यान जिल्ला कारागार कार्यालय चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *