२०८३ असार ३२ गते बिहिवार

जेन्जी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

दाङ , असार ३२ ।


कैलाली प्रहरीले जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय धनगडी बाट भागेका एक जना कैदी बन्दी पक्राउ गरेको छ ।
जिल्लाको बर्दगोरीया गाउँपालिका –२ बौनियागाउँका ३१ बर्षीय राधेश्याम चौधरी बुधबार जिल्लाको लम्कीचुहा नगरपालिका –१० पिपरहवाबाट पक्राउ परेको जिल्ला प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।

लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका उनी बुधबार पक्राउ पछि अदालतको आदेशले उनलाई पुन कारागार कार्यालय धनगडीमा पठाइएको प्रहरीले जनाएको छ ।
चौधरी भदौ २४ गते जेन्जी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाँदै जेल तोडेर भागेका थिए ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *