२०८३ असार १८ गते बिहिवार

रुकुम पूर्वमा जिप दुर्घटना ५ जना घाइते


दाङ, असार १७ ।

रुकुमपूर्वममा भएको जिप दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी खुमानन्द पाण्डेका अनुसार दुर्घटनाका घाइते मध्य सिस्ने गाउँपालिका – ४ दादिङकी २३ बर्षीया धनकुमार घर्ती र ६ महिनाकी सर्लाश बुढा मगरको अवस्था गम्भीर छ ।
उनीहरु दुई जनालाई जिल्ला अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि दाङका लागि रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

सर्लासकी आमा २७ बर्षीया रोषनी बुढा मगरका साथै २१ बर्षीया रमिता घर्ती र चालक सिस्ने – २ किदाका २३ बर्षीय खिम्मान खड्का उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।
मंगलबार बेलुकी सवा ६ बजेतिर सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डम रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु १ ज २४७० नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेको थियो । प्रहरीका अनुसार जिपमा चालकसहित ११ जना सवार थिए । अन्य ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *