२०८३ असार १८ गते बिहिवार

श्रीमानले थापेको बिद्युतिय धरापमा परि श्रीमतिको मृत्यु

दाङ, असार १७ ।
गुल्मीमा श्रीमानले जंगली बँदेलका लागि थापेको बिद्युतिय धरापमा परि श्रीमतिको मृत्य भएको छ । श्रीमान पक्राउ परेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ बर्षीय भेषराज भण्डारीले मंगलबार बेलुकी पख घरदेखि करिब डेढसय मिटर टाढा आफ्नै बारीमा जंगली बँदेलबाट बालीनाली जोगाउन बिजुलीको धराप थापेका थिए ।
सोही बिद्यूतिय धरापमा परि धेषराजकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी वीरेन्द्रवीर बिश्वकर्माका अनुसार बिहान करिब राढे १ बजेतिर हुमकलालाई श्रीमानले थापेको बिद्युत धरापबाट करेन्ट लागेको थियो ।
गम्भीर अवस्थाकी हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा चेकजाँच पछि बिहान सवा ३ बजेतिर चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले बिद्युतिय धराप थाप्ने भेषराजलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *