२०८३ जेष्ठ १८ गते सोमवार

तुलसीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु  , आमा घाइते

तुलसीपुर, जेठ १८ ।

तुलसीपुरमा टिप्परले मोटरसाइकललाई  ठक्कर बाबु छोराको मृत्यु भएको छ । आमा घाइते छिन् ।

लमही नगरपालिका – ५ का ३५ बर्षीय मनोज नेपाली र उनका ५ बर्षीय छोरा मिनराज नेपालीको उपचारका क्रममा बाँकेको नेपालगंजस्थित नर्सिंङ होममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले बताए ।

३४ बर्षीया अनुषा नेपालीपनि घाइते छिन् । उनको दाँतहरु भाँचिएको भएपनि अवस्था सामान्ने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होबहादुर पराजुुलीले बताए ।

उनीहरु सवार रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा सोमबार विहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकल तुलसीपुर बाट घोराही हुँदै लमही तर्फ जाँदै थियो भने टिप्पर प्रदेश प्रहरी कार्यालय लुम्बिनी तर्फ अर्थात गुल्म चोक तर्फ जान मोडिरहेको थियो ।

त्यही क्रममा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको डिएसपी पराजुलीले बताए । दाङकै शान्तिनगरका टिप्पर चालक इप्रका तुलसीपुरको प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटना लगतै घाइतेलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रोदेशिक अस्पताल पुर्‍याइएको थियो । त्यहाँ प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित संजिवनी कलेज अफ मेडिकल साइन्सेजमा  दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

डिएसपी पराजुलीका अनुसार चिकित्कसले छोरालाई  पौने १० बजेतिर र बाबुलाई  १० बजेपछि मृत घोषणा गरेका थिए ।

उनीहरु आइतबार बिदाको दिनमा तुलसीपुर  उपमहानगरपालिका – ६ स्थित सुशुरालीमा आएका थिए ।

सोमबार बिद्यालय संचालन हुने हुँदा बिहानै श्रीमान, श्रीमति र छोरा घर तर्फ फर्किदै थिए । ससुराली बाट हिडेको केही बेरमै उनीहरु दुर्घटनामा परेका थिए ।

दुर्घटनामा बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *