२०८३ बैशाख २२ गते मङ्गलवार

दिउँसो दाङ र बाँके लगाएतका जिल्लामा हावा हुरी चल्ने


दाङ, बैशाख २२ ।

मंगलबार दिउँसो दाङ, बाँके लगाएतमा लुम्बिनीका बिभिन्न जिल्लामा हावा हुरी चल्ने सम्भाबना औंल्याइएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक बक्तब्य मार्फत दिउँसो दाङ, बाँके रुपन्देही, कपिलवस्तु लगाएतका आसपासका क्षेत्रमा तीव्र गतिको हावाहुरीको चल्ने सम्भावना औंल्याएको छ ।
लुम्बिनी प्रदेशका दाङसहितका बिभिन्न जिल्लामा दिउँसो र मधेश प्रदेशका बिभिन्न जिल्लाहरुमा रातिमा तीव्र गतिको हावाहुरीको चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *