२०८१ चैत्र १२ गते मङ्गलवार

झन्डै ३३ करोड हिनामिना प्रकरणमा मिरौलीका ज्योति लचौधरी पूर्पक्षका लागि थुनामा पठाइए

तुलसीपुर, पुस २४ । दाङको दंगीशरण गाउँपालिका – ५ मिरौलीका ५६ बर्षीय ज्योति चौधरी सोमबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।


पूर्व शिक्षकसमेत रहेका नेकपा (माओबादी केन्द्र) निकटका मानिने एक लुघु बित्तीय संस्थाको संस्थापक अध्यक्षसमेत रहेका ज्योतिलाई झन्डै ३३ करोड हिनामिना प्रकरणमा मुख्य प्रतिबादी ठहरसहित पूर्पपक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।

दाङ तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थाको संस्थापक सञ्चालक समितिका अध्यक्ष चौधरीमाथि झन्डै ३३ करोड हिनामिना गरेको देखिन आएपछि उच्च अदालत तुलसीपुरले पूर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको थियो ।


चौधरी दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको ‘सुपर लघुवित्त वित्तीय संस्थाको संस्थापक अध्यक्ष हुन ।
ठूलो आर्थिक अपचलनको मुद्दा पछि लामो समयदेखि फरार रहँदे आएका चौधरी सोमबार उच्च अदालत तुलसीपुरमा आँफै उपस्थित भएका थिए ।

बिगतमा तुलसीपुरको आलु्मण्डी नजिकै केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्था पछिल्लो समय गुल्म चोक नजिकै स्थान्तरण गरिएको थियो । जस्लाई समस्या ग्रस्त संस्थाको संज्ञा दिदैं केही समय पहिले राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिइ सकेको छ । पछिल्लो समय समस्याग्रस्त भनेर राष्ट्र बैंकले नियन्त्रण लिइ आफ्नै कर्मचारी खटाएर हाल सञ्चालन हुँदै आएको छ ।

चौधरीले सुरुमा यो लुघुबित्तलाई एनजियोको रुपमा सञ्चालन गरेका थिए । पछि त्यसलाई लघुबीत्तमा परिणत गरेका थिए ।
एनजियो हुँदा सुरुमा सञ्चालक समिति र कर्मचारीसमेत गरि ३३ लाई प्रतिबादी बनाइ २०७९ मा उच्च अदालतमा बंैकिङ कसुर सम्बन्धि मुद्दा परेको थियो । त्यसको एक बर्ष पछि लुघुबित्त भएपछि फेरि पुरुक अभियोग दर्ता भएको थियो । लुघबित्त भएपछि थप २३ जना थपिएका थिए । ती सबै गरि ५६ जनालाई प्रतिबादी बनाइएको थियो ।


ती सबै मध्य संस्थापक अध्यक्ष ज्योतिप्रशाद चौधरीलाई मुख्य अभियुक्तका रुपमा अथ्याउँदै अदालतले पूर्पपक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
पुस २१ गते आँफै अदालतमा उपस्थित भएको चौधरीको सो दिन बयान भएको थियो । सोमबार थुनछेक बहस भएको थियो । सोही दिन चौधरीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो ।


उच्च अदालतका सुरु मुद्दा तथा रिट शाखाका सुब्बा केशब केसीले लदालतको निर्णय लगतै चौधरीलाई सोमबार नै तुलसीपुर कारागारमा चलानका लागि पठाइएको बताए ।

बैंकिङ कसुर मुद्दामा यसअिघ ३३ जनालाई अदालतले बिभिन्न ब्यक्तिलाई अलग अलग धेरौटी तारेखमा छोडेको थियो । अदालमा अब लघुबीत्त बनेपछि थपिएका मध्य नौं जना मात्र फरार छन् । उनीहरु मात्रै अदालतमा उपस्थित भएका छैनन् ।

सुरुमा यो बित्तीय संस्था बिरुद्ध आर्थिक अपचलन तथा बैंकिङ कसुर सम्बन्धि मुद्दा २०७९ को असाजमै उच्च अदालतमा परेको थियो । लामो अनुसन्धान पछि संस्थापक अध्यक्ष चौधरीका बिरुद्ध २०८१ को पहिलो महिनामै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता चौधरी लामो समयदेखि फरारको रहँदै आएका थिएल


उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले सोमबार चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । त्यो संगै उनी पूर्पक्षका लागि तुलसीपुर कारागारमा चलान गरिएका थिए ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *