काठमाडौं,पुस ७ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्द सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर अभियोग पत्र कास्की अदालतमा दर्ता भएको छ ।
रविसहित पूर्वडिआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ ।
सूर्य दर्शन सहकारीको ठगी गरेको आरोपमा १ अर्ब ५१ करोड ४० लाख विगो माग गरिएको छ ।
यो सहकारीको रकम अपचलनमा शुक्रबार १९ जना र आज ४४ जना विरुद्ध गरी ६३ विरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार