तुलसीपुर, मंसिर १९ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले लचकता पर्दशन गरि आन्दोलनरत कर्मचारी संग सहमति कायम गरेका छन् ।
बिहीबारको बार्तामा पाँच बुँदै सहमति कायम भएपछि आन्दोलनरत कर्मचारी काममा फर्किएका छन् । सहमतिको बुँदाहरु हेर्दा कर्मचारीको माग सम्बोधन गर्न मेयर टीकाराम खड्काले शुझबुझका साथ लचकता पर्दशन गरेको खुल्छ ।
आन्दोलनरत कर्मचारीहरको माग अनुसार हाल उनीहरुले खाइपाइ आएको सेवा सुबिधा उपलब्ध गराउन मेयर खड्का सहमत भएका छन् । प्रमुख बिबादको बिषय यही थियो । यसअघि मेयर खड्काले कार्यपालिका बैठकबाट उनीहरुले खाइपाइ आएको सेवा सुविधा रोक्ने गरि एक तह घटुवा गरेका थिए ।
सहमतिको १ नम्बर बुँदामा सोही कुरा उल्लेख छ । तर, यो बुँदामा हालस सेवा सुविधा प्रदान गरिए पनि सर्बौच्च अदालतको फैसला आउना साथ तत्काल कार्यपालिकाको बैठक बसी सोही अनुरुप हुने स्पष्ट उल्लेख छ । आन्दोलनरत कर्मचारीहरुले पनि सोही माग गर्दै आएका थिए ।
आन्दोलन परिचालन समितिका सचिव झरेन्द्र खरेलले मेयर खड्का यसअघि आँफैले कार्यपालिका बैठकबाट पारित गरेको बिषय फिर्ता लिन सहमत भएको हुँदा कुरा मिलेको बताए । बुधबार बिहान साढे आठ बजेवाट चलेको बार्ता सोही बिषयमा कुरा नमिल्दा सहमति कायम हुन नसकेको उनले बताएका थिए ।
सहमतिको २ नम्बर बुँदामा नगरमा कार्यरत अस्थायी करार कर्मचारीको हकमा अबिलम्ब करार सम्झौंता गर्ने, कर्मचारी खटन पटक तथा कार्यलयका अन्य कार्यहरु जनप्रतिनिधिसंग समन्वय गरि गर्ने, कर्मचारीले सर्बौच्च अदालतमा पुनाराबेदनको लागि दर्ता भएको रिटको स्वामित्व उपमहानगरले ग्रहण गर्ने तथा त्यसमा लागेको सम्पूर्ण खर्च बेहोर्ने र कर्मचारी बिहीबारदेखि नै काममा फर्किने सहमति भएको छ ।
सहमति पत्रमा मेयर टीकाराम खड्का, प्रमुख प्रशासकीय अधिृकत गेहेन्द्रबहादुर डाँगी , सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष मानवबहादुर रावतले हस्ताक्षर गरेका छन् । नाम राखिएपनि बिधान समिति संयोजक तथा वडा नं. १९ का वडाध्यक्ष भीबहादुर योगीको भने त्यसमा हस्ताक्षर छैन ।
त्यस्तै संघर्षरत कर्मचारीको तर्फबाट संयोजक ललितबहादुर घर्ती, उपसंयोजक टोपबहादुर डाँगी, सचिव झरेन्द्र खरेल, पदम ज्ञवाली, अधिकृत छैैंठौं र केशव डाँगी, सहायक पाँचौंले हस्ताक्षर गरेका छन् ।
कात्तिक १३ गते कार्यापालिका बैठकको निर्णय भन्दै मंसिर ६ गते स्थानीय तह अन्तरगतका कर्मचारीको एक स्तर घटुवा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीले स्थानीय तह अन्तरगतका सबै कर्मचारीलाई सोही दिन इमेल मार्फत स्तर घटुवा बारे अबगत गराएका थिए ।
मंसिर ८ गते शनिबार परेको हुँदा मंसिर ९ गतेदेखि स्टर घटुवा गरिएका सबै कर्मचारी आन्दोलनमा उत्रिएका थिए । उनीहरु मंसिर १४ गतेदेखि उपमहानगरको प्रशासनिक भवनको मुख्य प्रबेश द्धारमै ब्यानेर टाँगेर, हातमा कालो पट्टी बाँधेर कार्यकक्षमा प्रबेश नै नगरी आन्दोलन गर्दै आएका थिए ।
नेकपा एमाले बाटै निर्वाचित तुलसीपुर – १८ का वडाध्यक्ष माधव वलीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कटाक्ष गरेका छ्न । उनले लेखेका छन् ‘ कुरा उही ठाउँमा गएर सुल्झिए छ, जहाँ मैले पहिले नै सुझाएको थिए …’
तुलसीपुरमा पटक ÷ पटक प्रमुख प्रशासकीय अधिकृत डाँगी र मेयरका प्रति हुने गरेका कतिपय आलोचनाहरु पार्टी भित्रको आन्तरिक खिचातानी तथा गुटगट राजनीतिको परिणाम मान्ने गर्छन ।
नेकपा एमालेकै केन्द्रीय सदस्य तथा टीकाराम खड्का भन्दा पहिलेका मेयर घनश्याम पाण्डेले पनि केही दिन अघि सामाजिक सञ्जाल मार्फत प्रश्नहरु सोध्दै असुन्तुष्टिहरु सार्वजनिक गरेका थिए ।
उनले लेखेका थिए – ‘सुत्केरी पोषण भत्ता खोइ ? स्मार्ट छोरी भत्ता खोई ? महिला लक्षित कार्यक्रम खोई ? टीच शिक्षामा छात्रबृत्ती खोई ? भनेर १६ दिने अभियानमा सोध्ने कि ?’ भनेर प्रशन गरेका थिए ।