दाङ, कात्तिक १२ । दाङको तुलसीपुर उपमहानगरपालिका– ७ स्थित शान्ति उद्यानमा बिहीबारदेखि शनिबारसम्म तीन दिने सर्प मोहत्सव भयो ।
महोसत्वमा देशभरका सर्प उद्धारकर्ताहरुको सहभागिता थियो ।
महोत्सवमा दाङमा पाइने १५ प्रजातिका सर्पहरु स्टलमा राखेर पर्दशनी गरिएको थियो । जानकारहरुका अनुसार हालसम्म जिल्लामा ६ वटा जति बिषालु सर्पहरु फेला परेका छन् ।
करेत, कोब्रा (मोनोसेलेट र स्पेक्टिल कोब्रा) रसल भाइपर (बाघे सर्प), ब्यान्डेट करेत (गन्ग्वारी नाग, लक्ष्मी नाग), हरियो कानो र किङ कोब्रा पाइएका छन् ।
नेपालीमा ‘बाघे सर्प’ भनिने रसल भाइपर पछिल्लो केही बर्ष यता दाङमा पाउन थालिएको एउटा अत्यधिक बिषालु प्रजातिको सर्प हो । जस्ले हमोटक्सिन बिष फाल्ने गर्छ ।
लोपउन्मुख प्रजातिको किङ कोब्रा दाङको घोराही र देउखुरी क्षेत्रमा फेला परेको छ । धामन, पानी सर्प, डेरी (बगाले सर्प), उर्फ स्नेक (चिडिन्डे सर्प), ड्रिङकेट ( सृङगारे सर्प), कुकरी, अजिंगर लगाएतका अविषालु सर्पहरु जिल्लामा पाइन्छन् । बिषालु सर्पको जिउ भन्दा टाउको ठूलो हुन्छ भने कम बिषालु सर्पको टाउको सानो हुने सरोकारवालहरुले जानकारी दिएका थिए ।
महोत्सवको स्टलहरुमा जिल्लामा पाइने सबै प्रकारका सर्पहरु राखिएको थियो । ती मध्य कुन सर्प बिषालु हो र कुन अविषालु हुन ? भन्ने कुराहरुको उल्लेख गरिएको थियो । जिल्लामा पहिलो पटक लगाइएको फरक प्रकृतिको सर्प महोत्सवमा सर्वसाधारणको उपस्थिति निकै उत्साहप्रद रह्यो ।
सर्प अबलोकन गर्न, सर्पको ब्यबहार आनीबानी थाहाँ पाउन, सर्पको पहिचान गर्न भनेर धेरै संख्यामा स्कूल र कलेजका विद्यार्थी अवलोकनमा आएका देखिन्थे । सर्पको संरक्षण किन आवश्यक छ ? सर्प मार्दै गएमा वा सर्प नास भए मानव जिवनका साथै जैबिक बिबिधितामा के कस्तो असर पर्न सक्छ ? भन्ने जस्ता कुराहरु महोत्सवमा अवलोकनमा आउने बिद्यार्थीदेखि सर्वसाधारणलाई देशभरवाट आएका उद्धार कर्ताहरुले अवगत गराएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्कादेखि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्की लगाएतका जनप्रतिनिधिदेखि सर्पबारे अभिरुची राख्ने सरोकारवालाहरुदेखि आम सर्वसाधारणको महोत्सवमा आकर्षण देखिन्थ्यो ।
तुलसीपुर – ७ का स्थानीय तथा सर्प उद्धारमा सक्रिय प्रभात भण्डारीको अग्रसरतामा सर्पबारे समाजमा ज्ञान, चेताना अभिबृद्धी गर्ने उदेश्यका साथ जिल्लामै पहिलो पटक आयोजना गरिएको सर्प महोत्वम देशका बिभिन्न ठाउँवाट आएका केही सर्प उद्धारकर्ताहरुलाई हामीले सर्पको महत्व र संरक्षण किन जरुरी छ भन्ने बारे सोधेका थियौं ।
उनीहरु मध्य अधिकाँसले सर्प किसानका लागि निकै सहयोगी भएको, सर्प नभएमा मुसा लगाएत त्यस्तै साना जीवहरुको आतंक सरु हुने तथा मानिसले खाने बाली नाली उनीहरुले सखाप पारिदिने हुँदा भोकमरी निम्तन सक्ने, सर्प बिना प्रकृतिको सञ्तुलनमा खलल पुग्ने सक्ने जस्ता खतराहरु औंल्याएका छन् ।
सर्प र मानवका बीचमा द्धन्द बढ्नुको कारण मानिसले जंगल नास गर्दै बस्ती बिकास गर्नु, सर्प लगाएत जीव जन्तुको बासस्थान सखाप हुनु, मानिसले आफ्नो वरिपरीको वातावरण सफा नराख्नु, झाडी जंगल राख्नु, सर्प सजिलै प्रबेश गर्ने खाले प्वाँल तथा दुलोहरु घरमा राख्नु, भुइमा सुत्दा झुल नलगाइ सुत्नु जस्ता कारणले सर्प दंशका घटना बढेको बताएका थिए ।
अधिकाँसले सर्पले मानिसलाई मारेर खानका लागि कहिलै नटोक्ने बरु आँफु असुरक्षित भएपछि, उस्लाई कुनै खाले असर पुगेपछि मात्रै डस्ने हुँदा प्रकृतिको एउटा सुन्दर बस्तु सर्पलाई दुष्मन नठान्न तथा देख्नासाथ नमार्न उनीहरुको आग्रह छ । पृथ्बी सबै जिव जन्तुका लागि साझा थलो भएपनि मान्छेले आफ्नो मात्रै थलो हो,भन्ने सोच्नुले गर्दापनि सर्प लगाएत वन्य जन्तुसंगको द्धन्द बढेको उनीहरुको धारणा थियो
(भिडियो संम्वाद)