२०८३ असार २७ गते शनिवार

स्थानीय सेवा गठन विधेयक पेश

मसुरिया, भदौ २६ । लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश भएको छ ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले त्यस सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेश गरेकी हुन ।

लुम्बिनी प्रदेश सभाको बुधबारको चौथो अधिवेसनको २९ औं बैठकमा समितिका सभापति बुढाले सो प्रतिवेदनसहितको विधेयक पेश गरेकी थिइन ।

भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदन सहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयक माथि पुनः छलफल गरि बुधवासको बैठकमा पेश गरेको हो ।

प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदनसहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको समितिका सभापती बुढाले जानकारी दिइन ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्सी, जनउत्तरदायी बनाउन भूमिका खेल्नेगरी विधेयक तयार भएको सभापति बुढाले बताइन ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *