२०८३ असार २८ गते आइतवार

लुम्बिनीका मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए सफथ

दाङ, साउन ९ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित आठ जना मन्त्रीले बुधबार बिहान पद तथा गोपनियताको सफथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनियताको सपथ गराएपछि अन्य मन्त्रीहरुको सफथको कार्यक्रम भएको हो ।

मन्त्री मण्डलमा एमालेका चार र नेपाली कांग्रेसका चार मन्त्रीले सफथ लिएका हुन । एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्मा मन्त्री भएका छन् ।
त्यस्तै काँग्रेसबाट दाङका प्रचण्ड बिक्रम न्यौपाने ९गुन्टु०, प्यूठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की मन्त्रीका रुपमा सफथ लिएका हुन ।
उनीहरु कसैको पनि मन्त्रालय तोकिएको छैन । सबैले बिनाबिभागिय मन्त्रीको रुपमा सफथ लिएका हुन ।

काँग्रेसबाट प्यूठानका थापा मात्रै दोस्रो पटक मन्त्री भएका हुन । अन्य सबै नयाँ अनुहारहरु हुन ।
त्यस्तै बाँकेका कुर्मी ब्यक्ति अपहरण तथा हत्या आरोपित ब्यक्ति हुन ।


अन्तिममा आएर पार्टीको तर्फबाट नेतृत्वगर्ने भनिएका बर्दियाबाट प्रतिनिधित्व गर्ने प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नाम काटिएपछि उनी भने मन्त्री हुन पाएनन् ।

सपथ ग्रहण पछि मुख्यमन्त्री आचार्यले आजै पदभार गर्ने छन् । मुख्यमन्त्री छँदा आचार्य दलको उपनेता थिए । असुन्तुष्टिका कारण दल नेता तथा पूर्व मुख्यमन्त्री लीला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले बुधबार मात्रै पदबाट राजिनामा दिएका छन। । गिरी आचार्यले मुख्यमन्त्रीको दाबी पेश गर्दै गर्दा हस्ताक्षर गर्नसमेत आएका थिएनन् ।
आचार्य सोमबार ९साउन ७ मा० मात्रै मुख्यमन्त्री नियुक्त गरिएका थिए ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *