तुलसीपुर, असार ५ । दाङको तुलसीपुरमा मट्टीतेल खाएका तीन बर्षीय बालकको गम्भीर अवस्थामा उपचार भइ रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका – ८ का ३ बर्षीय आरोश बिकले आफ्नै घरमा कोही नभएको समयमा पेला पारी मट्टीतेल खाएका थिए ।
आमा बुवा काम बिषेशले तुलसीपुर बजार आएको समयमा आरोशले खेल्ने क्रममा मट्टीतेल फेला पारी खाएको प्रहरीले बताएको छ ।
दिउँसो ३ बजेतिर बालकले मट्टीतेल खाएका बालकलाई फेला पारी तत्काल उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । तर, त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि सवा ४ बजेतिर नेपालगञ्ज रिफर गरिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता प्रकाश थापाले बुवा आमा उपचारका लागि गएको जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार