२०८१ असार ३१ गते आइतवार

मोटरसाइकल चालकको मृत्यु पछि टिप्परमा आगजनी

दाङ, असार १ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ चितवन पेट्रोल पम्प नजिकै टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पछि ट्रकमा आगजनी भएको छ ।

पश्चिम बाट पूर्व तर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिप्परले बिहीबार राति बिपरित दिशा तर्फ आउँदै गरेको भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको थियो ।
टिप्परको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका – ८ का ३६ बर्षीय लोकबहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि प्रहरीले झन्डै १५ घन्टा प्रहरीले तनाब बेहोर्नु प¥यो र

दुर्घटना बिहीबार राति साढे ९ बजे पछिको थियो । घटना पछि मृतकका आफन्तले शब बाटोमै राखेर राजमार्ग ठप्प पारेका थिए ।

राति ११ बजेपछि स्थानीयले ट्रकमा आगजनी गरेका थिए ।
परिस्थिति उग्रबन्दै गएपछि प्रहरीले पूर्वबाट आएका सवारी साधनलाई अगैया बाँके हुँदै नेपालगञ्ज र पश्चिमबाट पूर्व तर्फ जाने सवारी साधनलाई कोहलपुरबाट नेपालगञ्ज हुँदै अगैयाबाट पठाएको थियो ।

शुक्रबार बिहान ६ बजेतिर फेरि राप्ती सोनारी गाउँपालिका – ९ सम्शेरगञ्जबाट नेपालगञ्ज तर्फ नम्बर लगाउन जाँदै गरेको ३४ बर्षीय महेश चौधरीले चलाएको भे १ ख ४१८६ नम्बरको फोर्स गाडीमा बन्द कर्ताले ढुँगा प्रहार गरि तोडफोड गरिदिएका थिए ।
त्यसपछि बिहान सवा ६ बजेतिर जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोली घटनास्थल खटिएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी कार्कीको कमाण्डमा ७१ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी खजुरा गणबाट प्रहरी सहायक निरीक्षक सफियुदिन खानको कमाण्डमा २० जना गरि कुल ९१ जनाको प्रहरी टोली राजमार्गमा उत्पन्न परिस्थिती नियन्त्रणमा लिन खटिएको थियो ।

शुक्रबार मध्यान्ह १२ बजेतिर मात्रै नियम अनुसार ११ लाख क्षतिपुर्ती उपलब्ध गराउने सहमतिपछि शब आफन्तले राजमार्ग बाट उठाएका थिए । त्यसपछि बल्ल शब पोष्ट मार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाइएको थियो ।

शुक्रबार बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीले फरार रहेका टिप्पर चालक सुर्खेतको गुर्वाकोट नगरपालिका – ४ घर भइ हाल बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ ढकेरीमा बस्दै आएका २१ बर्षीय गौतम बिकलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *