२०८१ बैशाख २२ गते शनिवार

बिजौरी उवासघंद्धारा संयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत–सम्मान

तुलसीपुर,चैत ९ । बिजौरी उद्योग बाणिज्य सघले राप्ती अन्चल संयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको छ ।

सघले शुक्रबार कार्यालय मा एक कार्यक्रमको आयोजना गरि सयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको हो ।

बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती अन्चल सयुक्त ट्रक यातायात ब्यबसायी समितीका नवनिर्वाचित अध्यक्ष समितिका अध्यक्ष उमेशचन्द्र मज्गैँयाले उद्योग बाणिज्य सघं र ट्रक ब्यबसायी एउटै रथका दुई पांग्रा भएको बताए ।

उनले अब जित र हारको कुरालाई नलिएर ब्यबसायी एकताका साथ आफ्नो पेसाप्रती प्रतिबद्ध र बफादार भएर व्यवसायीक हक हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का वडाध्यक्ष एब संयुक्त ट्रक समितिका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगी,बिजौरी उद्योग वाणिज्य सघंका पुर्ब अध्यक्ष मुकेश वलि लगाएतले ब्यबसायी–ब्यबसायी बिच एकताको खाँचो रहेको औल्याए ।

सघंका वरिष्ठ उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दिपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *