२०८१ बैशाख २२ गते शनिवार

लुम्बिनीमा गर्ने भनिएको ‘लौरेटस् एण्ड लिडर्स’ शिखर सम्मेलन रद्द

दसरथ घिमिरे,दाङ,फागुन २१ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख योजना र प्रदेश सरकारको आयोजनामा हुन थालेको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लौरेटस् एण्ड लिडर्स’ शिखर सम्मेलन २०२४ रद्द भएको छ ।

केन्द्रीय राजनीतिमा भएको सत्ता समीकरणको खेलले प्रदेश सरकारलाई समेत असर गर्ने भएपछि यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना गर्न तय भएको शिखर सम्मेलन रद्द भएको स्रोतले बताएको छ ।

शिखर सम्मेलनको सफलताले लुम्बिनी एवम् सम्पूर्ण लुम्बिनीबासीको शिर उच्च बनाउने र गरिमा बढ्ने तथा अन्तर्राष्ट्रीय मन्चमा नेपालको साथै लुम्बिनी प्रदेशको प्रतिष्ठा समेत अभिवृद्धि हुने विश्वास गरिएको थियो । तर, सत्ता समिकरणमा आएको फेरबदलले अव लुम्बिनीमा एमाले–माओवादी लगायतका साना दलको सहभागितामा सरकार बन्ने निश्चित भएको छ जसले गर्दा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न नसक्ने अवस्थामा पुगेको र सम्मेलन नै रद्द भएको हो ।

शिखर सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्का राष्ट्र प्रमख, सरकारप्रमुख वा पूर्व प्रमुख, नोबेल शान्ति तथा अन्य विधामा पुरस्कार विजेताहरु, संयुक्त राष्ट्र संघीय निकायका प्रमुख वा प्रतिनिधि, विश्वव्यापी व्यावसायिक नेताहरू, विश्चव्यापी निर्णय–निर्माताहरू, विपन्नताबाट माथि उठेका अनुभवी युवा, युवा नेताहरूको सहभागिताले बालबालिकाको समग्र हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रवर्धन हुने, अन्तर्राष्ट्रिय रुपमै बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसार हुने आशा गरिएको थियो ।

नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा ९१७९६०, जोडी विलयम्स ९१९९७०, सन् २०११ का संयुक्त विजेता लेहृम बोवी, टुवाको कर्मयान, त्यस्तैगरी सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसागै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस ९१९९३०, रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल ९२०१३० आउने तयारी थियो ।

त्यस्तैगरी अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने जनाइएको थियो ।

शिखर सम्मेलन आयोजना गर्न लुम्बिनी प्रदेश सरकारले आ।व। २०८०÷०८१ को बार्षिक नीति तथा कार्यक्रिम र बजेट वक्तव्यमा लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा बुद्धजन्मस्थलमा नोबेल पुस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा अन्र्तराष्ट्रिय‘लौरियट्स एण्ड लिडरर्स’ शिखर सम्मेलन आयोजना गर्न ७ करोड १० लाख रुपैयाँ समेत विनियोजन गरिएको थियो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले फागुन २८ गते लुम्बिनी अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने तय समेत भएको थियो । बिभिन्न शीर्षकमा समुहगत छलफल गरी साझा धारणा सहित त्यसको भोलिपल्ट फागुन २९ गते मायादेवी मन्दिर परिसरमा सम्मेलनको घोषणापत्र जारी गर्दे सम्मेलन समापन गर्ने तयारी थियो ।

साथै बर्दिया राष्ट्रिय निकुन्ज, स्र्वगद्वारी र पाल्पाको तानसेनमा अन्तराष्ट्रिय विशिष्ट अतिथिलाई भ्रमण गराउने तयारी पनि थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *