हेकुली, माघ ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बिकास र सम्बृद्धीमा आधारित राजनीति हुनुपर्ने बताएका छन् ।
बुधबार दंगीशरण गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै नेता गिरीले त्यस्तो बताएका हुन ।
दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर – ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पुर्व सिंचाई मन्त्री गिरीले अवको आन्दोलन विकाश र समृद्धीका लागि हुनुपर्ने बताएका हुन ।
पहिलेको हेँकुली र अहिलेको दंगीशरणमा आकाश जमिनको अन्तर रहेको भन्दै नेता गिरीले सिंचाइ, पुल, पक्की सडक, खोला तथा नदीमा तटवन्ध आँफु आएपछि धमाधम निर्माण गरिएको बताए ।
विकाश निर्माणमा कुनैपनि राजनीतिक आग्रह पुर्वाग्रह राख्न नहुने भन्दै नेता गिरीले दंगिशरण गाउँपालिकाको नवनिर्मित भवनले नयाँ आशाको संचार गरेको बताए ।
तात्कलिन १२ बर्षे सशस्त्र द्धन्द्धलाइ तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएको स्मरण गर्दै नेता गिरीले जनताको विकाश निर्माणको आकांक्षालाई कुनैपनि आग्रह पूर्वाग्रह नराखी पुरा गर्न आफु प्रतिवद्ध रहेको पनि बताएका थिए ।
उनले अव दाङ जिल्लालाई सडक र हवाइ यातायातले पनि जोड्न आफु अहोरात्र खटिरहेको पनि बताएका थिए । तुलसीपुर – घोराही सडक खण्ड बैसाख महिना भित्रै चारलेनको ठेक्का प्रक्रियामा जाने नेता गिरीले दाबी गरे ।
आफुहरुले संसदमा आवाज बुलन्द गरेपछि मात्र सरकारले क्षतविक्षत भएको सडक टालटुल गर्न बजेट दिएर काम भएको नेता गिरीले बताए ।
तुलसीपुरको टरिगाँउ विमानस्थललाई पुर्न डिपिआर गरिएको भन्दै ठूला विमान अवतरण गर्न सक्ने एयरपोर्टका रुपमा त्यसको बिकार गर्न आँफु लागि परेको नेता गिरीले जोड दिएका थिए ।
त्यसैगरी सुकौराकोट दरवारलाई पनि पुर्नउत्थान गरी एउटा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न आफु लागि परेको नेता गिरीले बताए ।
दंगिशरण गाउपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, ववई गाउँपालिकाका अध्यक्ष कुलवहादुर खत्री क्षेत्री, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, जिल्ला समन्वय समिति दाङकी उपप्रमुख चेतना चौधरी, समन्वय समिति सदस्य टोपाराम चौधरी, कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नेकपा एमाले दंगिशरण इकाइ सभापति तथा वडा नं ७ का अध्यक्ष रेशम वली, वडा नम्बर १ का वडाध्यक्ष तथा गाउपालिकाका प्रवक्ता रेशम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न थारु नृत्य प्रस्तुत गरिएको थियो ।
भवन उद्घाटन कार्यक्रममा गाउपालिकाका पूर्व प्रमुख प्रशाशकीय अधिकृतहरु निमराज भट्टराई, अमरवहादुर वली, खिमप्रसाद खड्का, चन्द्रकान्त पौडेल तथा भवन निर्माण कम्पनी शाह निर्माण सेवा बांकेलाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष पिमा वली खड्काले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सहजिकरण गाउँपालिकाका टेकवहादुर खत्रीले गरेका थिए ।
नवनिर्मित भवन विसं २०७८ शालमा निर्माण सम्झौता भएको थियो । विसं २०८० असार ३० गते निर्माण सम्पन्न भएको थियो । भ्याट वाहेक ३ करोड ८५ लाख ८७ हजार ३ सय २३ रुपैयाको लागतमा भवन निर्माण भएको हो । अपांगमैत्री संरचना, वालमैत्री, ज्येष्ठनागरिक मैत्री तथा लैगिक मैत्री तीन तले भवनमा २५ कोठासहित बैठक हल समेत छ ।
तस्बिर : फरककोण ।