२०८१ मङ्सिर १७ गते सोमवार

प्रदेश अन्र्तगतका पुराना अस्पतालको सँगठन र व्यवस्थापन सर्वे गरिने

दाङ,असोज २८ । लुम्बिनीप्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश अन्र्तगतका पुराना अस्पतालको पूनःसँगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताएका छन ।

स्थापनाका समयमा रहेको भौतिकपूर्वाधार, विरामीको चापलगायतलाई आधार मानेर गरिएको कर्मचारि व्यवस्थापनले अहिलेको चाँपलाई धान्न नसक्ने देखिएकाले पूनःओ एण्ड एम सर्वे गर्नुपर्ने भएको मन्त्री खनालले बताउका हुन ।

रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पामा भएको छलफलका क्रममा स्वास्थ्यमन्त्री खनालले तिहार पछि प्राविधिकहरु अस्पतालहरुको सँगठन तथा कर्मचारि व्यवस्थापनको कामगर्न अस्पतालहरुमा जाने जानकारी दिए ।

कतिपयअस्पतालमा सुविधा सम्पन्न अस्पताल भवन र बिरामीको चाँप बढि भएर पनि सँगठन संरचना पुरानै भएकाले स्तरोन्नतीगर्न पनि समस्या परेको उनको भनाई छ । मन्त्रीखनालले निजी अस्पतालतथा मेडिकलको अनुगमणको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयलाई नै दिने गरि काम भैरहेको बताए ।

स्वास्थ्यमन्त्रालयले संघियताको मर्म अनुसार कामगरिरहेको भन्दै स्वास्थ्यमन्त्री खनालले तल्लो तहलाई अधिकार सम्पन्न गराउन अस्पताल अनुगमण, अस्पतालमा करार जनशक्ति नियुक्ति लगायतका काम सम्बन्धित कार्यालयलाई दिन लागिएको बताए ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले सबैसँगको समन्वय, सहमती र सहकार्यबाट सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *