तुलसीपुर,साउन २४ । नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयकको बिरोधमा निजि विद्यालयका छाता सगंठनहरु (एन प्यावसन तुलसीपुर,प्यावसन तुलसीपुर र हिसान दाङ) ले तुलसीपुर उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
एन प्यावसन तुलसीपुर समितिका अध्यक्ष शालिकराम कार्की,प्यावसन तुलसीपुर समितिका अध्यक्ष गिरिराज डाँगी र हिसान दाङका अध्यक्ष विष्णु देवकोटाले बुधवार तुलसीपुर उपमहानगरपालिकाका कार्यवहाक नगरप्रमुख बिजय बिकलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०” सरोकारवालाहरुका सुझावहरुलाई बेवास्ता गरि तयार गरिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको प्यावसन दाङका अध्यक्ष बिमल गौतमले जानकारी दिए ।
उनले विधेयकमा राखिएका कतिपय प्रावधानहरु निजि लगानीका संस्थागत विद्यालयहरु प्रति पुर्वाग्रही मात्र नभएर संविधान विपरित,अव्यवहारिक र अन्यायपुर्ण भएको महसुस गरेको बताए ।
अध्यक्ष गौतमले उक्त विधेयक संसदमा पेस हुन अगावै सरोकारका प्रावधानहरुको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजि लगानीका विद्यालयहरु बन्द गरि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने प्रष्ट पारे ।
प्रस्तावित विधेयकले ५ वर्षभित्र निजि लगानीका विद्यालयले आफ्ना सम्पुर्ण दायित्व फर–फारक गरि शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगाएतका बाध्यात्कम प्रावधान समावेश गरिनु संविधानको भावना विपरित अव्यवहारिक र दुराशययुक्त रहेको स्पष्ट देखिन्छ । निजि लगानीका विद्यालयको छाता सगंठनको प्रतिनिधित्व हुनु पर्ने विभिन्न समिति तथा उपसमितिहरुमा समेत वेवास्ता गरि प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी हुनुका साथै अन्यायपुर्ण रहेको हुदाँ यथास्थितीमा विधेयक पारित भएमा निजि लगानीका विद्यालयहरुको बृद्धि विकास,सुरक्षा,संरक्षण र सम्बद्र्धन,असम्भव मात्र नभई यस्ता विद्यालयहरु बन्द हुने निश्चित प्राय छ ।
यदि कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रिय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी,निजि गुठी तथा सार्वजनिक गुठी अन्तरर्गत सञ्चालित विद्यालयहरु बन्द गरि अगाडी बढ्ने निणर्य गरि निर्देशन दिए पश्चात यस पालिका अन्तरर्गत सञ्चालित विद्यालयहरु केन्द्रको निर्देशन प्राप्त हुनासाथ बन्द हुने विषय ध्यानाकर्षणका लागि अनुरोध गर्दछौँ, ध्यानाकर्षण पत्रमा भनिएको छ,‘हामीले बाध्यतावश गरेको यो निणर्यलाई यस पालिकाले सहजरुपमा बुझी आवश्यक सहयोग गर्नेछ भन्ने हामीले विस्वास लिएका छौँ ।’
यसैबिच प्याबसन दाङ,एन प्याबसन दाङ र हिसान दाङले जिल्ला प्रसासन कार्यालय दाङ,जिल्ला बिकास तथा समन्वय इकाई दाङलाई सयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको एन प्याबसन दाङका वरिष्ठ उपाध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए ।