२०८३ असार २९ गते सोमवार

तुलसीपुरका सशस्त्र प्रहरीको गोली लागेर मृत्यु

तुलसीपुर , बैशाख ३ । दाङ तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरीका ३५ बर्षीय वशन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ बजेतिर समयमा आँफैले आँफैलाई गोली हानेका थिए । उनको  घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब ५ दिन पहिले मात्रै कपिलबस्तु बाट आएका थिए । ४८ नम्बर रिजर्व गुल्म कपिलबस्तुमा कार्यरत केसी गृहनगर तुलसीपुरमा आएको केही दिनमै आँफैले आँफैलाई किन गोली हाने भन्ने बारे अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी मल्लले बताए । 

केसीको शब पोष्टमार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *