दंगीशरण,बैशाख ३ । दाङको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकाको शुसासन, नितीगत व्यवस्था, र आर्थिक मितव्ययिताको जग बसाल्न सक्रिय भुमिकामा देखा परेका छ्न।
गाउँपालिकाको नीति तथा कार्यक्रमले समेटेका कार्यक्रमहरूको कार्यान्वयनका क्रममा प्रचलित आर्थिक ऐन तथा नियमले गरेका व्यवस्थाहरूको उच्चतम् पालना गर्दै कार्यक्रमको कार्यान्वयनमा जोड दिने गिरीले हरेक काम कारवाही कार्याविधि र ऐनमा टेकेर अगाडी बढेको बताएका छन।
आफु निर्बाचित भएर आइसकेपछि पालिकाभित्र हुने गरेका हरेक बेथिती अन्त्य गर्न आफु अगाडी बढ्न खोजेको भएपनि विगतदेखि नै पालिकाको विभिन्न जिम्मेवारीमा रहेर अनियमितता गर्न पल्केकाहरु आफ्नो आर्थिक मितव्ययीता अपनाउने नीतिबाट अत्तालिएको उनले बताए ।
अध्यक्ष गिरीले पदभार ग्रहण गरे पश्चात पालिकामा व्यापक रूपमा हुने गरेको इन्धनको अनियमिततालाई ह्वात्तै घटाएका छन । यस पुर्व हरेक कर्मचारीले लिदै गरेको मासिक २० देखि ४० लिटर सम्मको इन्धन सुविधा घटाएर फिल्ड जाने कर्मचारी र शाखा प्रमुखहरूलाई मासिक १० लिटर र अन्य कर्मचारीलाई ७ लिटर सम्ममा झारेको गिरी बताउँछन ।
यस्तै यस पुर्व कार्यालयको काम काजमामा नगई व्यक्तिगत कामकाजको लागि दैनिक तथा भ्रमण भत्ता लिने प्रणालीको पनि अन्त्य गरेको गिरीको भनाई छ ।
यसैगरी गाउँपालिकाबाट हुने खरिदमा कोटेशनबाट खरिद गरी ३० देखि ६० प्रतिशतसम्म कमिशन लिने गरेको जानकारी आफुलाई भएकोले अब गाउँपालिकाबाट हुने खरिदलाई इ–बिडिङ् प्रक्रियाबाट अगाडी बढाउन निर्देशन दिएको अध्यक्ष गिरी बताए ।
आफु भन्दा अगाडीको कार्यकालमा थुप्रै बेथिति र हरेक कार्यक्रमहरूमा अनियमितता हुने गरेको पाएको बताउँदै उनले यस्ता अनियमितता र बेथितिहरूलाई निस्तेज पार्न आफु लागि परेको बताए । तर आफ्नो यस कदमलाई असफल पार्न आफु विरूद्ध अनेक किसिमबाट प्रहार गर्ने दुषड्यन्त्र भइरहेको गिरीले गुनासो गरे ।
यस किसिमका कार्यले पालिकालाइ विधि र प्रक्रियाबाट अगाडी बढाउन आफुलाई सकस परेको अध्यक्ष गिरीले बताए ।
जनताले तिरेको करबाट संकलित रकमको दुरुपयोग र अनियमितता आफुले पनि नगर्ने र कसैलाइ पनि गर्न नदिन सुरुवाती अवस्था देखि नै सक्रिय रहेको उनले बताए ।
अन्य पालिकामा २र३ वटा गाडी हुँदा आफुहरू एउटा गाडी मै समन्वयात्मक तवरले अगाडी बढेको बताए ।
हामी उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ३ जनाकै समन्वयबाट अगाडि बढेका छौ,उनले भने तर हामी बिचमा फुट ल्याउन अनेक प्रपञ्च रच्ने, असहयोग गर्ने जस्ता अनेक षडयन्त्रका कार्यहरु भएका छन,तर हामी धेरै जसो जनताको घर आँगनमा जनताको समस्यामा पैदल तथा मोटरसाइकल मार्फत पनि पुग्ने गरेका छौ ।
उनले विधि र प्रक्रिया मिचेर आर्थिक अनियमितता गर्न पल्केकाहरू आफ्नो यस कदमबाट अत्तालिएर आफुलाई बिफल पार्न लागेको भएपनि आफु आफ्नो कार्यकाल भर राज्यको सम्पत्तीको दुरुपयोग कदापी हुन नदिने प्रतिबद्धता जनाए ।
गिरी निर्वाचित भएर आए यता पालिकामा हुने गरेका चुहावट र आर्थिक अनियमितता धेरै हदसम्म नियन्त्रण गर्न सफल भएतापनि यसलाई पुरै निस्तेज पार्न पालिकाका सम्पू्र्ण कर्मचारी, जनप्रतिनिधी, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय जनता सबैको सहयोगको आवश्यकता रहेको बताए ।
उनले आफु जनताको लागि आएको र जनताकै लागि अगाडी बढ्ने सोचमा रहँदै जनतामुखी कार्यक्रम अगाडी बढाएकोले पनि विरोध माथि विरोध गर्नेहरू लागिपरेको बताए ।