तुलसीपुर, मंसिर ३ । निर्वाचन क्षेत्र नम्बर ३ का संघिय तर्फका उम्मेदवार दिपक गिरीले निर्वाचनलाइ भव्य र सभ्य बनाउन संबन्धित सबै सरोकारवाला निकायहरुलाई आग्रह गरेका छन् ।
लोकतन्त्रको सुगन्ध र सौन्दर्यता भनेको आम निर्वाचन भएको भन्दै जनताको मतलाइ क्रय विक्रयमा लैजान नदिन पनि उनले आम सरोकारवालालाइ आग्रह गरेका छन् ।
‘हामी जनमतको प्रतिक्षामा छौं, जनमतलाइ कुनैपनि प्रलोभनले प्रभावित गर्न हुन्न भन्ने हाम्रो मान्यता हो, गिरीले अपिलमा भनेका छन्, ढुक्क संग मतदान गरी आफुले चाहेको प्रतिनिधिलाइ विजयी बनाउन निर्वाचनमा खटिने सवै कर्मचारी, सुरक्षाकर्मि, मतदान अधिकृत एवं सुरक्षाकर्मिहरुलाइ पनि अपिल गरेका छन् ।
साथै उनले चाहेको उम्मेदवारलाइ भयरहित वातावरणमा मतदान गर्न सवै सरोकारवालाहरुको साथ र सहयोगको पनि अपेक्षा गरेका छन् ।
‘हामीहरु जनमतको सधै कदर गर्दछौ, त्यसकालागी निर्वाचन हुंदैछ, निर्वाचनलाइ महोत्सवमय बनाउन पनि मैले सवैलाइ आग्रह गर्दछु,’गिरीले अपिलमा भनेका छन् ।
