२०८१ साउन ६ गते आइतवार

राप्ती बबई क्याम्पस ः दिपकले बालेको दियो

तुलसीपुर,कात्तिक १६ । राप्ती बबई क्याम्पसमा अहिले करीव ४५ सय विद्यार्थिहरु अध्ययन गरिरहेका छन् । पश्चिम दांङकोे शिक्षाको गहनाका रुपमा स्थापित भएको सो क्याम्पसमा तीन संकाय हाल सन्चालनमा छन् ।

त्यसमा जम्माजम्मी ५६ जनाले रोजगारी पनि पाएका छन् । जुन क्याम्पस स्थापनाका सुत्रधार थिए, दिपक गिरी । जो अहिले संघिय निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार बनेका छन् ।

दिपक गिरी विद्यार्थि राजनिति गर्ने क्रममा त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा विद्यार्थि राजनितिमा सक्रिय थिए । शंकर पोख्रेलले पनि त्यहि विद्यार्थि राजनिति गर्थे । भर्खरै वहुदल आएकाले निर्वाचन क्षेत्र निर्धारण गरीएको थिएन, सायद दुवै विद्यार्थि नेता पश्चिम दाङका । किर्तिपुर क्याम्पसको स्ववियु सभापतिमा लड्ने प्रतिस्पर्धि पनि उनै थिए ।

बहुदल आएपछि शैक्षिक संस्था विस्तार गर्न पर्छ भन्ने पनि अवधारणा सरकारले ल्यायो । त्यो वेला राप्तीमा महेन्द्र वहुमुति क्याम्पस र सायद प्युठान जिल्लाको पुण्य खोलामा मात्र क्याम्पस थियो । घोराहीमा महेन्द्र वहुमुखि क्याम्पस भएपछि तुलसीपुर लगायत पश्चिम दाङ र सल्यान रुकुमका विद्यार्थिलाइ पढ्नकालागी घोराही पुग्नुको विकल्प थिएन ।
तुलसीपुर—घोराही पनि सहज यातायात सेवा थिएन, दिनमा एक दुइवटा सार्वजनिक बस मात्रै सन्चालन हुने । त्यो वेला घोराहीमा पढ्न जानु भनेको डेरा गरेर मात्रै सम्भव थियो ।

डेरा गर्नुपर्ने कारण धेरै छात्राहरुले क्याम्पस शिक्षा हाप्नु परेको थियो, जव राप्ती ववइ क्याम्पस सन्चालनमा आयो, यस क्षेत्रमा महिलाहरुलाइ उच्च शिक्षाकालागी धेरै राहत मिलेको थियो’—तुलसीपुरका पुराना नेता गोपिनाथ योगीले भने । उनले क्याम्पस सन्चालनको मुल भुमिका दिपक गिरीलेनै खेलेको स्मरण गरे ।

त्यो वेला सामुदायिक क्याम्पस सन्चालन गर्न त्रिविविमा कम्तिमा ६ लाख रुपैया धरौटी राख्नु पथ्र्यो । त्यो पैसा जुटाउने हेसियत त्यो वेलाको तुलसीपुर संग थिएन । किनकि तुलसीपुर अहिले जस्तो बजारमा परीणत भएको थिएन । घोराही—तुलसीपुर यातायातकालागी दिनमा एक दुइ वटा बस मात्रै चल्थे ।

विद्यार्थि नेता गिरी पटक पटक घर फर्कदा जहिल्यै पनि तुलसीपुरमा क्याम्पस खोल्ने माग स्थानियबाट हुन्थ्यो । त्यहि आग्रहलाइ गिरीले आत्मसात गरेका थिए । किर्तिपुरमा विद्यार्थि राजनिति गर्दा उनको गहिरो संबन्ध त्रिविविका उपकुलपति प्राध्यापक वाशुदेव चन्द्र मल्ल संग थियो । त्

यहि सम्वन्धका कारण विना धरौटी क्याम्पस सन्चालनको अनुमति दिलाइएको थियो । क्याम्पस सन्चालनको अनुमती पाएपछि विदार्थि नेता गिरी सो क्याम्पसको सन्चालक समितिको अध्यक्ष समेत बने । क्याम्पस सन्चालन समितिको संरक्षकका रुपमा त्यो वेलाका व्यवसायी एवं समाजसेवी इन्द्र वहादुर क्षेत्री रहेका थिए ।

राप्ती ववइ क्याम्पस अर्थात दिपकले वालेको शिक्षाको दियो हो । स्थापनाको बर्ष २ सय ७० विद्यार्थि पढाएको सो क्याम्पसले अहिले कम्तिमा ४ हजार भन्दा विद्यार्थिहरुलाइ विभिन्न संकायमा अध्यापन गराइरहेको छ ।

मानविकि, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन गराइरहेको सो क्याम्पस पश्चिम दाङको गहना पनि हो । उम्मेदवार गिरी भन्छन्, ‘यो क्याम्पसलाइ पुस्तौं सम्म समयसापेक्षा विक्ने संकाय थप्दै उदियमान बनाउंदै लैजाने छु ।’

क्याम्पसमा आधुनिक विधाका शिक्षाको व्यवस्थापन गर्न आफुले संस्थापकको नाताले अझै प्रयास गर्ने पनि गिरीको अभिव्यक्ति थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *