२०८२ मङ्सिर २४ गते बुधवार

दाङमा एमालेमा जान थाल्याे पहिराे, दुई दर्जन भन्दा बढी एमाले कार्यकर्ता माओवादी प्रवेश

घाेराही, कात्तिक ७ । केही समय पहिले पार्टी प्रवेश अभियान सञ्चान गर्न थालेकाे एमालेमा निर्वाचन नजिकिएसँगै पहिराे जान थालेकाे छ ।

माओवादीले पार्टी प्रवेश तथम घर फर्क अभियान शुरू गरेसँग एमाले छाडेर माओवादी प्रवेश गर्नेक्रम बढेकाे छ ।

विभिन्न प्रलाेभन, आश्वासन र भ्रममा परि एमाले प्रवेश गरेका कार्यकर्ताहरू पनि माओवादीमै फर्कन थालेका छन् ।

यसै क्रममा घोराही उपमहानगरपालीका वडा नम्बर ९ भगुवारमा नेकपा एमाले परित्याग गरि २८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूलाई दाङ क्षेत्र नम्बर २ की गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माले स्वागत गरेकी थिइन् ।

उनले जनताकाे मुक्ति एमालेबाट सम्भव नभएकाले त्याे पार्टीमा इमान्दार नेता तथा कार्यकर्ताकाे भविष्य नभएकाे बताइन ।

कार्यक्रममा माओवादी केन्द्र ९ का वडा अध्यक्ष माघु चौधरी र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुल्सी डागी मीलनको समेत उपस्थिति रहेको युवा नेता हरि डिसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *