२०७९ मङ्सिर १६ गते शुक्रवार

पहिरोका कारण दाङ,सल्यान र रोल्पा सडक खण्ड अबरुद्ध


तुलसीपुर, असोज २० । अबिरल बर्षा पछिको झरेको पहिरोका कारण दाङ– रोल्पा सडक खण्ड अबरुद्ध भएको छ ।

सडक खण्डको दुई खोली नजिकै झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको हो ।

बुधबारदेखि पहिरो पंछाउने प्रयास जारी रहेपनि बर्षा नरोकिएका कारण समस्या भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वलीले जानकारी दिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी मल्लका अनुसार राप्ती राजमार्ग अन्तरगत दाङ–सल्यान सडक खण्डपनि अबरुद्ध भएको छ ।

दाङ खण्डमा झरेको पहिरो पंछाएपनि सल्यानको कपुरकोट भन्दा उत्तरतर्फ ठाउँ ठाउँमा पहिरो झरेका कारण सडक खण्ड अवरुद्ध बनेको उनले बताए ।

यही राजमार्ग अन्तरगत तुलसीपुर–अमेरिला सडक खण्डको भञ्जाङमा झरेको पहिरो पंछाएर मध्यरातिदेखि एक तर्फी सडक खण्ड खोलिएको डिएसपी मल्लले जानकारी दिए ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको १३ स्थित बबई नदीमा आएको बाढीका कारण बखरिया क्षेत्रमा अलपत्र परेका सर्वसाधारणलाई राति अबेरसम्म टिप्पर र जेसिबीमा राखेर उद्धार गरिएको थियो ।

त्यस्तै तुलसीपुर–सल्यान सडक खण्डको हर्नेटी लगाएतका ठाउँमा पहिरो जाँदा रोकिएका यात्रुलाई पनि राति अबेरसम्म उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

दाङ–रोल्पा होलेरी जोड्ने शहिद मार्गमा दशैंको टीका थाप्न जान हिडेका अलपत्र यात्रुलाई पनि समन्वय गरि रातभर उद्धार गरिएको जानकारी दिए ।
एसपी वलीका अनुसार राप्ती नदीमा बाढीले बिहीबार बिहानै पनि खतराको तह पार गरि सकेको छ ।

६ दशमलब २ लाई खतराको तह पार गरेको मानिने भएपनि बिहान साढे ६ बजेतिर ६ दशमलब ४४२ बाढीको तह मापन गरिएको हुँदा खतराको घन्टी बजाउनुका साथै प्रहरी खटाएर जोखिम युक्त नदी तटिय क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको एसपी वलीले बताए ।

हालसम्म राप्तीको बाढीका कारण १५ घर डुबानमा परेको र केही पशु चौपाया, कुखरा लगाएत बगेर मरेको भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए ।

तर, बबई नदीमा बाढीको सतह घटेको हुँदा बिहीबार बिहानदेखि केही सहज भएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावतलवे जानकारी दिए ।

तुलसीपुर – ११ बगरपुरस्थित टापुमा बस्दै आएका झन्डै ८ घर परिवारलाई राति नै उद्धार गर्नुपर्ने अवस्था रहेपनि अहिले त्यो स्थिति नरहेको उनले बताए । बर्षा अहिले पनि जारी रहेको हुँदा फेरि बगरपुरको टापुमा बस्दै आएकाहरुलाई उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी मल्लले अहिले आँफु बगरपुरको अवस्था बुझ्न घटनास्थल जान थालेको जानकारी दिए । बिगत तीन दिनदेखिको अबिरल बर्षाका कारण जिल्लामा नदी तथा खोलाहरुमा पानीको सतह ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.