२०८१ बैशाख १३ गते बिहिवार

कर्मठ सामाजिक उधमी महिला सहकारी ३ लाख राशीको स्वर्णिम प्रतिभा पुरस्कारबाट पुरस्कृत

घोराही,भदौ ३० । कर्मठ सामाजिक उधमी महिला सहकारी संस्था.लि.लमही राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भएको छ ।

हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा बि.स.२०६८ साल मंसिर २२ गते साना किसान उधमी सुदृढीकरण परियोजना अन्तर्गत समुह बनाएर सुरुवात गरेको कार्यक्रमलाई बि.स.२०७० कार्तिक १४ गतेका दिन सहकारी दर्ता गरि हस्तान्तरण गरिएको थियो ।

सहकारी दर्ता भएपछि पनि हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले पशु बस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजना SLVCII अन्तर्गत काम गर्दै सहकारीलाई सबल गराउने काम गर्दै आइरहेको थियोे ।

सहकारीले गर्दै आएको कामको उच्च मुल्यांकन गरेरै हेफर प्रोजेक्ट नेपालले प्रदान गर्ने राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार अन्तर्गत उत्कृष्ट सहकारीको रुपमा देशभर बाट कर्मठ सहकारी संस्थालाई ३ लाख राशीले पुरस्कृत तथा सम्मानित गरेको हो ।

२५ जना सदस्य बाट दर्ता गरिएको सहकारीमा अहिले १३सय ३५ जना शेयर सदस्यहरु आबद्ध छन,४ करोड कुल पुजि रहेको उक्त सहकारीले ५ जना कर्मचारी राखेको छ ।

सहकारीले बर्सेनि २ हजार बढी खसी बाख्रा बिक्री गर्दै आएको छ । सहकारी बाटै पशुको स्वास्थ उपचार, बिमा सेवा,घाँस को बिउबिजन उपलब्धता र रासायनिक मलको बिक्री बितरण गर्दै आएको छ भने सहकारीमा आबद्ध शेयर सदस्यहरुले वैदेशिक रोजगारमा गएका आफ्नो श्रीमान लाई नेपाल झिकाएर ब्याबसायिक बाख्रापालनमा सहभागी गराइ स्वरोजगार बनाउदै आएका छ्न ।

सेवा नेपालका अध्यक्ष पार्बती न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्य एवं पुर्बमन्त्री गोकर्ण विष्टको विशिष्ट आतिथ्यतामा सप्पन्न भएको कार्यक्रममा कर्मठ सहकारीसगै देशभरका अन्य बिहानी,प्रयास र प्रतिभा सामाजिक उधमी महिला सहकारी संस्था लि.लाई पुरस्कृत तथा सम्मानित गरेको हो ।

कार्यक्रममा हेफर इन्टरनेसनल अमेरिका का बरिस्ठ उपाध्यक्ष डाक्टर महेन्द्र नाथ लोहनी,लेखा अधिकृत मार्सिया रेस्फुसेन लगायतले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय निर्देशक डाक्टर शुभ नारायण महतोले स्वागत गरेका थिए भने हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डाक्टर तिर्थ रेग्मीले कार्यक्रमको उदेश्य र नेपालमा हेफरले गरेको कामको बारेमा प्रष्ट पारेका थिए ।

हजारौंको संख्यामा लुम्बिनी सम्मेलन तथा ध्यान केन्द्र भैरहवा रुपन्देहीमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *