२०८२ माघ २७ गते मङ्गलवार

अटोटाउन व्यवस्थापन समितीका पदाधिकासंग परिचयात्मक कार्यक्रम

घोराही,साउन ४ । दाङ जिल्ला उद्योग वाणिज्य संघले छुट्टा छुट्टै कार्यक्रम गरि घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नव निर्वाचित पदाधिकारी तथा घोराही अटो टाउन व्यवस्थापन समितीका पदाधिकाहरुसंग परिचयात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रममा वोल्दै घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसीले घोराहीका नागरिकलाइ स्वच्छ र सहज पानी खुवाउने आफुहरुको प्राथमिक्ता रहेको बताए ।

यसका लागि आफुहरु अगाडि वढेको बताए । घोराहीमा दिर्घका लिन पानीको समस्या समाधानका लागि ववइको पानी घोराहीमा ल्याउने योजना सम्झौता भइ सकेको उनको भनाइ रहेको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले शहरीकरण वढदै गएको गएको र खानेपानीको समस्या हुन सक्ने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा संघका विशिष्ट सदस्य मित्रदेव अधिकारी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यवाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए ।

कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

यसैविच घोराही अटो टाउन व्यवस्थापन समितीका पदाधिकारीहरु संग भएको परिचयात्मक कार्यक्रममा वोल्दै अटो व्यवस्थापन समितीका अध्यक्ष रत्नराम वन्जाराले घोराहीलाई सफा र स्वच्छ राख्न आफुहरु अगाडि वढने बताए ।

सबै व्यवसायिहरुलाई अटो टाउनमा लगेर वजारलाई सफा र स्वच्छ राख्न् सबै संग सहकार्य गरेर अगाडि वढने बताए । कार्यक्रममा संघका अध्यक्ष टंकसिंह वुढाथोकीले व्यावसायीहरुको समस्या समाधानका लागि उद्योग वाणिज्य संघ सधै लागि पर्ने बताए ।

व्यावसायीहरुलाई समस्याका वारेमा जानकारी गराउन समेत आग्रह गरे । सबै मिलेर वजार व्यवस्र्थीत गरिनु पर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा संघका सदस्य ज्ञानवहादुर फौदार क्षेत्र लगाएतकाले भनाइ राखेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघको कोषाध्यक्ष शुसिल पोख्रेलले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *