रुपन्देही,असार २७ । रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ ।
बुटवलमा आज एक समारोहबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् ।
उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ ।
उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार