२०८१ मङ्सिर २७ गते बिहिवार

तुलसीपुरमा १३८४० मत गन्दा काँग्रेसका गेहेन्द्र गिरी ३०६ मतले अगाडि

उपमेयरमा एमालेकी श्यानी चौधरी ६३० मतले अगाडि

दाङ, जेठ ४ । तुलसीपुर उपमहानगरपालिकामा १३८४० मत गन्दा नेपाली काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिनाम अनुसार गठबन्धनका साझा उम्मेदवार गिरीले ५९८५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका मेयर पदमा उम्मेदवार टीकाराम खड्काले ५६७९ मत प्राप्त गरेका छन् । काँग्रेसका गिरी एमालेका खड्का भन्दा ३०६ मतले अगाडि अगाडि रहेका छन् ।

त्यस्तै उपमेयर पदमा एमालेकी उम्मेदवार श्यानी चौधरीले सुरु देखिकै अग्रता कायम राखेकी छिन् । चौधरीले ५३७१ र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले ४७४१ मत प्राप्त गरेका छन् । एमालेकी चौधरी राना भन्दा ६३० मतले अगाडि छिन् ।


अहिले वडा नं. ३, ५ र ६ मा मतगणना चलिहरेको छ । अहिले सम्म तुलसीपुर १, २ र ४ नम्बर वडाको मात्रै मतगणना सकिएको छ । १ र ४ मा गठबन्धनबाट माओबादी केन्द्र र २ नम्बर वडामा एमाले जितेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *