२०८१ माघ १० गते बिहिवार

दाङ,माघ २३ । शान्तिनगर ७ का चित्रभान केसीले २०६३ सालदेखी नै माहुरी पाल्न सुरु गरे । २५ गोलाबाट माहुरी पालन सुरु गरेका केसीले ११ बर्षसम्म २५ गोला माहुरी नै पाले ।

व्यवसाय बढाउनका लागी रकम पनि नहुने र माहुरीले उत्पादन गरेको मह कहाँ विक्री गर्ने भन्ने चिन्ताका कारण उनले व्यवसायमा माहुरी गोला थप गर्न सकेनन् । २०७४ सालमा उनी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सदस्य बने । सदस्य बनेपछि उनी जस्तै माहुरी पालन किसानहरुलाई लघुवित्तले माहुरीपालन तालिम आयोजना ग¥यो ।

जुन तालिमले केसीलाई व्यवसाय बृद्धि गर्नकालागी सहजमात्र बनाएन मार्गदर्शन पनि ग¥यो । तालिम पछि उनले रामलक्ष्मण माहुरी फर्म दर्ता गरेर २५ गोलालाई बढाएर हालस १ सय ३५ गोला माहुरी पालन गरिरहेका छन । सिजनको समयमा कात्तिक महिलसम्म १ सय ५० गोला माहुरी भएको र अहिले १ सय ३५ गोला माहुरी रहेको उनले बताए ।

जाल्पा सामुदायिक लघुवित्तमा आवद्ध भएपछि आफूलाई माहुरी पालनमा धेरै सहज भएको उनको भनाई छ । माहुरी पालनकालागी तालिम, आवश्यक भएको बेलामा सहज रुपमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र आवश्यक परेको बेलामा निशुल्क रुपमा माहुरी विज्ञ उपलब्ध गराएकाले आफूलाई माहुरी पालनमा धेरै सहज भएको केसीले बताए ।

साथै उत्पादन भएको महलाई बजारिकरणका लागी पनि व्यवस्थापन गरिदिएकाले धेरै सहज भएको बताए । ‘जाल्पा सामुदायिकमा आवद्ध भएपछि माहुरी पालन व्यवसायमा धेरै सजिलो भएको छ ।

यो लघुवित्त त मेरो अभिभावक झैँ भएको छ ।’ केसीले भने– ‘माहुरी पाल्नका लागी र उत्पादन भएको महलाई पनि बिक्रीका लागी लगीदिनुहुन्छ । धेरै राम्रो भएको छ ।’ केसीले हालसम्म अरु कुनै पनि लघुवित्तमा आवद्ध नभएको र जाल्पा सामुदायिक सेवा केन्द्रको सदस्य लक्षीत सेवाहरु मन परेर आवद्ध भएको बताए । यस लघुवित्तको सेवाबाट आफू सन्तुष्ट रहेको पनि उनको भनाई छ ।

त्यस्तै घोराही लक्ष्मीपुरका विपीन खनाल ५ बर्षसम्म विदेशमा बिताए । पहिलो पटक २ वर्ष विदेशमा बिताएर फर्केका विपीनले केही बर्ष होटल सञ्चालन गरे । होटल व्यवसाय पनि फस्टाउन नसकेपछि उनी पुनः विदेश गए । दोस्रो पटक ३ बर्ष विदेश बसाईबाट सन्तुष्ट नभएर नेपाल फर्कनुभएका विपीन कृषी व्यवसाय गर्ने सोचमा पुगे । उनले कृषी फर्म दर्ता गरे ।

बाउबाजेले पहिलेदेखी नै गर्दै आएको भैसी पालन गर्नका लागी जिसिका पशुपक्षी फर्म दर्ता गरेर भैसी र गाई पाल्न सुरु गरे । भैसी र गाई त पाल्ने तर उत्पादन भएको दुध कहाँ बिक्री गर्ने भन्ने चिन्ता भयो । दुध व्यवस्थापनका लागी उनी घोराहीमा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा पुगे ।


दुध बजारसम्म पु¥याउन सकिन्छ भन्ने उद्धेश्यका साथ लघुवित्तमा पुगेकी विपीनको समस्या समाधानकालागी लघुवित्त सहयोगी बन्यो । सदस्यहरुको उत्पादनलाई बजारिकरणकालागी लघुवित्तले घोराहीमा सञ्चालन गरेको हरियो बजारमार्फत दुध बजारिकण गर्ने लघुवित्तको सहमति पश्चात विपीनले ढुक्कसँग दैनिक दुध पु¥याउने गर्छन ।

वदेशबाट निरास भएर फर्किएकी विपीन अहिले कृषी कर्मममा रमाइरहेको बताउँछन । उनी अहिले कृषी व्यवसायमा व्यस्त छन । आफ्नो व्यवसायबाट सन्तुष्ट भएको र आम्दानी पनि सन्तोषजनक रहेको उनको भनाई छ ।

विपीन विदेशबाट फर्केपछि आफ्नो कृषी व्वयसायलाई थप उर्जा दिने सहयात्रीको रुपमा जाल्पा सामुदायिक लघुवित्त रहेको विपीनको भनाई छ । ‘म पहिलो पटक २ वर्ष र दोस्रो पटक ३ बर्ष गरि ५ बर्ष विदेश बसे, बिचमा नेपाल आएर होटल पनि चलाए तर कतैबाट कमाई नभएपछि अहिले कृषी फर्म सञ्चालन गरेको छु’ विपीनले भने–‘अहिले म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।

आम्दानी पनि राम्रै छ । मेरो यो व्यवसायमा सस्तो ब्याजदरमा ऋण दिनेदेखी फर्मबाट उत्पादन भएको दुध राखिदिने काम जाल्पा सामुदायिक लघुवित्तको हरियो बजारले गरेको छ । मेरो व्यवसायको सहयात्री जाल्पा सामुदायिक नै हो ।’

उनले मदरासी, भदवार, लोकल जातका १३ वटा भैसी र होल्याण्ड, जर्सी जातका ५ वटा गाई पालन गरेकी छन । ४० लाखको लगानीमा फर्म सञ्चालन गरेको बताए । जाल्पा सामुदायिकका पशु विज्ञहरुले सल्लाह सुझाव दिने गरेको र आवश्यक पर्दा फर्ममै आएर पनि पशुको उपचारमा सहयोग गर्ने हुँदा व्यवसाय सञ्चालनमा सहज विपीनले बताए ।

हाल मासिक १ लाख आम्दानी हुने गरेको उनले बताए । ‘हामी सदस्यहरुले उत्पादन गरेको दुध राखीदिनुभएको छ त्यो नै हाम्रो लागी सबैभन्दा राम्रो कुरा हो । नत्र दुध कहाँ पु¥याउने भन्ने समस्या हुन्थ्यो होला’ उनले भने ‘आवश्यक परेको बेलामा सल्लाह सुझाव दिने गर्नुहुन्छ । यो लघुवित्तमा आवद्ध भएपछि मलाई आफ्नो व्यवसायमा धेरै सहज भएको छ ।’

घोराहीका सागर सुनार १७ बर्षको उमेर खाडी मुलुक मलेसीया पुगे । ८ बर्ष मलेसीया बसेका सुनार कृषी व्यवसाय गर्ने सोचका साथ फर्किए । नेपाल आएर भैसी पालन गर्दा उत्पादन भएको दुधलाई कहाँ व्यवस्थापन गर्ने समस्या भएपछि छिमेकीको सल्लाहमा जाल्पा सामुदायिक लघुवित्तमा पुगे । लघुवित्तमा आवद्ध भएपछि दुध व्यवस्थापनको समस्या हट्यो ।

उनलाई दुध व्यवस्थापन मात्र होईन व्यवसाय पर्वद्धनकालागी ऋण लगानी, बचत र पशु विज्ञबाट सल्लाह सुझाव पनि पाए । जसले गर्दा व्यवसाय सञ्चालनमा धेरै सहज भएको सुनारको अनुभव छ । पारिवारिक समस्याका कारण पशुपालन व्यवसाय छोडेर सुनारले एक महिनादेखी घोराहीमा तरकारी पसल सञ्चालन गरेका छन ।

तरकारी पसल सुरुवात गर्दा पनि लघुवित्तले धेरै सहयोग गरेको र संस्थाको सहयागबाट नै व्यवसाय गर्ने उत्साह आफूमा आएको सुनारले बताए । ‘म बिदेशबाट आएपछि भैसी पाले त्यो बेलामा कसरी पाल्ने गोठ कस्तो बनाउनेदेखी दुध बेच्नकालागी यो जल्पा सामुदायिकले धेरै नै सहयोग ग¥यो’ उनले भने–‘अहिले मेरो घरायसी कारणले भैसी पाल्न छाडेर तरकारी पसल गरेको छु । यो तरकारी पसल गर्दा पनि मलाई लघुवित्तबाट धेरै नै सहयोग प्राप्त भएको छ ।’


कृषकहरुको आवश्यकतालाई महशुस गरि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेवाहरु विस्तार गर्दै आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका लुम्बीनी प्रदेश प्रमुख पवन योगीले जानकारी दिए ।

किसानहरुले कृषी व्यवसाथ गर्दा आवश्यक सल्लाह, उद्यम विकास अधिकृतहरुबाट निशुल्क उपचार सेवा, सस्तो ब्याजदरमा ऋण उपलब्ध, उत्पादन भएको वस्तु बजारिकणमा सहयोग गर्ने गरेका कारण धेरै सदस्यहरु कृषी व्यवसायमा आवद्ध भएका छन । कृषी प्रधान देश भनिरहदा कृषकहरुलाई कृषी पेशामा उत्प्रेरित गर्नकालागी तालिम गोष्ठी पनि आवश्यकताको आधारमा सञ्चालन गर्ने गरेको योगीले बताए ।

विपन्न परिवारको जिवनस्तर उकास्नकालागी यस जाल्पा सामुदायिक लागिपरेको र सदस्यहरुको मेहनतका कारण सफल हुदै गएको उनको भनाई छ । जसका लागी कृषीमा पशु पालन, खुकुरा पालन, तरकारी खेति जस्ता व्यवसायमा कृषहरु आकर्षीत हुने गरेका छन् ।

सदस्यको बिमा, पशुको बिमा लगायत सेवा लघुवित्तले प्रदान गरिरहेको उनले बताए । ‘जाल्पा सामुदायिक लघुवित्तले सदस्यहरुलाई कषी पेशामा उत्प्रेरित गर्ने काम गरेको छ । जसबाट उहाँहरु उत्प्रेरित भएर जिल्लामै नमूना सफल कृषकको रुपमा स्थापीत हुनुभएको छ’ योगीले भने– ‘लघुवित्तको सेवा मन पराएर धेरै कृषकहरु आवद्ध हुनुभएको छ ।’

साथै उनले ग्राहक संरक्षण कोषबाट कृषी व्यवसाय गर्नुभएका सदस्यहरुलाई अनुदान वितरण गर्ने गरेको पनि बताए ।


नेपाल महिला सामुदायिक सेवा केन्द्रले वि.स २०६० सालदेखी सुरु गरेको लघुवित्त कार्यक्रम बाट सुरु भएको लघुवित्त सेवा महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड स्थापना भएर लामो समयदेखी विपन्न वर्गका ग्रामीण भेगका व्यक्तीहरुलाई समेटेर उहाँहरुको जिवन स्तर बृद्धिका लागी काम गरिरहेको छ ।

एक बर्ष अगाडी पोखराको जाल्पा लघुवित्तसँगको मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको नाममा यस लघुवित्तले सेवा प्रदान गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिमा सवल, सक्षम र विश्वसनिय राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा रुपान्तरण हुने उद्देश्यका साथ राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ वटा प्रदेश (लुम्बिनी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेश) भित्र २८ वटा जिल्लाहरुमा शाखा कार्यालय विस्तार गरि लाखौ विपन्न परिवारका महिला तथा युवाहरुलाई समुहमा आवद्ध गर्दै वित्तीय सेवा प्रदान गर्दै उद्यमशिलता विकास गर्न सहयोग पु¥याउदै समाजिक रुपमा शसक्त बनाउनुको साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउने काम गरिरहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिइन ।

समुदायका विपन्न, द्धन्दपिडित, असक्त असहाय परिवारका बालबालिकाहरुलाई औपचारिक पूर्ण छात्रबृत्ति प्रदान गर्दै ६ सय जना भन्दा बढी युवाहरुलाई रोजगार प्रदान गरी जोखीमपूर्ण बैदेशिक रोजगारीमा जानबाट रोक्न पनि यस लघुवित्त सफल भएको उनले बताइन ।

अवसरबाट बञ्चित महिलाहरुलाई लघुवित्तमा आवद्ध गर्दै उद्यमशिलताको क्षेत्रमा महत्वपूर्ण योगदान गरी घरघरमा रोजगारको सृजना गरेको योगीले बताइन ।


यस वित्तीय संस्थाको अधिकृत पूँजी २५ करोड, जारी पूँजी १६ करोड रहेको छ र चुक्ता पूँजी १० करोड ७८ लाख रहेको छ । ३५ वटा शाखाहरु रहेको यस लघुवित्तमा १ वर्षको अवधिमा ९८ वटा शाखा मार्फत ९५ हजार महिलाहरुलाई ४ अर्व ६५ करोड लगानीमा रहेको ऋण तथा २ अर्व बचत संकलन गरी महिलाहरुलाई प्रत्यक्ष रुपमा बचत, ऋण, बीमा तथा रेमिटान्स लगायतका सेवा प्रवाह गर्न सफल भएको छ ।

सर्वसाधारणको लागि छुट्टाईएको ५ करोड २२ लाख बराबरको IPO शुक्रवारदेखी खुला भएको छ । जसबाट यस वित्तीय संस्थामा आवद्ध परिवारले पनि यस वित्तीय संस्थाको शेयर प्राप्त गरी बैंकको मालिक बन्न सक्नेछन् ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *