२०८१ माघ १२ गते शनिवार

‘निष्पक्ष पत्रकारीता आजको आवश्यकता ’


तुलसीपुर, ८ माघ । ‘ पत्रकारहरुले कलम चलाउदा निष्पक्ष भएर चलाउनु पर्ने सहभागीहरुले विचार राखेका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको ‘‘निष्यक्ष पत्रकारिता र अवको गन्तव्य’’ विषयक बहस एव पदभार ग्रहण कार्यक्रममा सहभागीहरुले पत्रकारहरुका आफ्नो विचार सिद्धान्त भएपनि कलम चलाउँदा निष्यक्ष भएर जनता प्रति उत्तरदायि हुनुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले राज्यको मुल प्रवाहबाट पछाडी परेकाहरुको पक्षमा पत्रकारहरुले कलम चलाउनु पर्ने बताइन् । उनले समाजले पत्याउने खालेर निष्पक्ष र स्वतन्त्र पत्रकारीता आजको आवश्यकता भएको बताइन् । ‘पत्रकारहरुले पार्टीको झण्डा बोकेर एक पछिए पत्रकारीता गर्नु हुदैन्, स्वतन्त्र निष्पक्षता र जनताको आवाज बोल्नुपर्छ उनले भनिन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समाचार समिति तुलसीपुरकी प्रमुख नारायणी रजौरेले पत्रकारिता पेशा अवसर र चुनौति दुवै किसिमको भएको भन्दै निष्पक्ष पत्रकारीता आजको मुख्य विषय भएको बताएन् । ‘पत्रकारीता आफैमा चुनौति र अवसरको पेसाहो, यसलाई मर्यादित तरिकारले अगाडी लैजान सके धेरै अवसरहरु छन् –रजौरेले भनिन् । उनले सव्य समुनत समाज निर्माणका लागि कमल चालउनु पर्ने भन्दै श्रमजिविहरुले पारिश्रमीक, नियुक्तिपत्र र उनीहरुलाई सुरक्षाको ग्यारेष्टी आवश्यक भएको बाताइन् । ‘श्रमजिविहरुको श्रमिको पारिश्रमीक र आफ्नो हकहितका सुनिश्चिता सवैले गर्नुपर्छ उनले भनिन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ लुम्विनी प्रदेशका अध्यक्ष विष्णुकुमार देवकोटाले निष्पक्ष पत्रकारीता अवको गन्तव्य भएको भन्दै स्वतन्त्र पत्रकारीता हुन नसकेको बताए । उनले एउटा मिडियाले समाचार प्रकाशन गर्ने अर्को मिडियाले खण्डन गर्ने परम्परा रहेको भन्दै त्यो गलत भएको बताए । ‘पत्रकार भनेपछि त्यो यूटुप चलाउने होस वा ठुलो मिडियामा काम गर्ने सवै एकै हुन तर त्यो यहाँ हुन सकेको छैन् –उनले भने ।’

उनले आग्रह पूर्व आग्रह राखेर कोहि कसैले पनि काम गर्न नहुन े भन्दै स्वतन्त्र पत्रकारीता अझैपनि नभएको बताए ।

उनले गलत गर्नेलाई कारवाहि हुनुपर्ने बताए ।

‘ठुला मिडियामा काम गर्नेले जे गरेपनि ढाकछोप हुन्छ सानाले केहि गल्ती गरे त्यो कारवाहिको भागिदार हुन्छ उनले गुनासो गरे ’ ।

त्यस्तै कार्यक्रममा स्वतन्त्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष जितसागर जिएमले पत्रकारहरुले कलम स्वतन्त्र निष्पक्ष रुपमा चलाउनु पर्ने बताए ।

‘जुन सुकै दल र संगठनमा आस्था राख्ने सवैलाई छुट छ, हाम्रो उद्धेश्य भनेको कलम स्वतन्त्र निष्यक्ष रूपमा चलनु पर्छ भन्ने हो उनले भने’ ।
स्वतन्त्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष जितसागर जिएमको अध्यक्षता राष्ट्रिय समाचार समिति तुलसीपुरकी प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नंं ७ का वडा सदस्य रामबहादुर जिसी, कार्यपालिका सदस्य दिपक कुमाल, स्वतन्त्र पत्रकार संघका सल्लाहकार सुनिल पोख्रेल, नेपाल पत्रकार महासंघकी सह–सचिव दिप्तीशिका चौधरी,क्रियासील महिला डवलुडवलु जेकी सचिव सर्मीला डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शिव पुन, संञ्चारीका समुहकी सचिव निरला अर्याल गैरे, शिक्षा पत्रकार संघका अध्यक्ष गोपाल शर्मा भट्टराई, दलित पत्रकार संघका अध्यक्ष वसन्त परियारलगायतले बोलेका थिए ।
सहसचिव रमा नेपालीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव बसन्त पौडेलले गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष जीतसागर जिएम, उपाध्यक्ष पुरुषोतम अधिकारी, सचिव बसन्त पौडेल, सहसचिव रमा नेपाली,कोषाध्यक्ष डिला चौधरी , सदस्यहरु मनोजकुमार आचार्य,श्वेता थापा, मनिष विक, शिव उपाध्यायले पदभारग्रहण गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *