२०८१ चैत्र १२ गते मङ्गलवार

२४ घण्टामा ३१ सय ६८ डिस्चार्ज, ५७० संक्रमित थपिए : १४ जनाको मृत्यु

काठमाडौं,कात्तिक ११ । पछिल्लो २४ घण्टामा तीन हजार १६८ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७० जनामा कोरोना पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार नेपालका कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये १ लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् भने ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन्।

मंगलबार १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ। अहिले दुई हजार ९३२ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २२१ महिला र ३५९ पुरुष गरेर ५७० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा मात्र २५२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५५ पुरुष र ९७ महिला रहेका छन्।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *