२०८३ असार १६ गते मङ्गलवार

सौचालयमा लडेर ट्याँकर चालक चौधरीको मृत्यु

तुलसीपुर, असार १६ ।
सौचालयमा लडेर एक जना ट्याँकर चालकको तुलसीपुरमा मृत्यु भएको छ ।
जिल्लाको दंगीशरण गाउाँपालिका – ४ मौलीका २७ बर्षीय प्रेम चौधरीको अरुको घरमा पानी पुर्‍याउन गएको समयमा सौचालय गएका बखत लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


मृतक चौधरी तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरास्थित भण्डारी जल सेवाको रा १ त ३२०४ नम्बरको ट्याक्टर चालक थिए ।
सोमबार दिउँसो उनी तुलसीपुर उपमहानगरपालिका – ५ हिमाल टोलस्थित प्रशाराम वलीको घरमा सोही टयाक्टर बाट बाट पुर्‍याउन गएका थिए । पानी वलीको घरको ट्याँङकीमा हाली सकेपछि उनी सोही घरमा सोमबार दिउँसो ३ ः २५ मा सौचालयमा लड्दा गम्भीर घाइते भएका थिए ।
.

लडेपछि अचेत अवस्थामा फेला परेका उनलाई तत्काल इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उद्धार गरि नजिकैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएको थियो । चिकित्सकले उनलाई ३ ः ३२ मा चेकजाँच पछि मृत घोषणा गरेका थिए ।
घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *