२०८३ बैशाख २० गते आइतवार

धमाधम जीपका छतहरु हटाइदै

दाङ, बैशाख २० ।

रुकुम सिन्ने हिमाल यातायात प्राइभेट लिमिटेटले बैशाख १९ गतेदेखि आँफु मातहत संचालन हुँदै आएका सबै जीपका हुटहरु हटाउन आग्रह गरेको छ ।
थवाङ दुर्घटनामा भएको ठूलो मानविय क्षति पछि उक्त प्रालिका कार्यालय प्रमुख भरत बुढा मगरले बिज्ञप्ति मार्फत समिति मातहत चल्ने सबै जीपलाई सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रहपनि गरेको छ ।
उस्ले त्यसका लागि सबै गाडी धनीलार्य परिपत्र पनि गरेको छ ।
रुकुम पूर्वका प्रहरी निरीक्षक गोपाल न्यौंपानेले शनिबार १२ वटा जीपका हुटहरु हटाइएको जानकारी दिए ।
बैशाख १७ गते दिउँसो रुकुम पूर्वबाट रोल्पाको जलजला तर्फ धार्मिक यात्राका लागि गइ रहेका २१ ज्ना सवार लु १ ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा दुर्घटना परेको थियो । जीप ब्याक भएर झन्डै ८०० सय मिटर तल खसेको थियो । त्यसमा परि २० जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
पछिल्लो समय रोल्पामा पनि सवारी चेकजाँच तीब्र पार्नुका साथै हुटहरु फाल्ने अभियान चलाइएको छ ।
दाङ तुलसीपुरका ट्राफिक प्रहरी प्रमुख तीर्थ भुसालका अनुसार बिगत एक महिना यता जिल्लामा ट्राफिक नियम बितपरित संचालन दर्जनौ गाडी माथि कारबाही भइ सकेको छ । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, कोलियामा सामान राख्ने , बढी लाइट र हरण जडान गरेका सवारी माथि कारबाही थालिएको भुसालले बताए ।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *