२०८२ माघ २३ गते शुक्रवार

सुन तोलामै पुग्यो २ लाख ६९ हजार


दाङ, पुस ११ । सुन तोलामै दुई लाख ६८ हजार पुगेको छ । यो नेपाली बजारको ऐतिहासिक रेकर्ड हो ।


नेपाली बजारमा शुक्रबार सुन तोलामै दुई लाख ६९ हजारमा कारोबार हुँदै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

केही दिन यता सुनको मूल्य लगातार बढ्दै गएको छ । बुधबार सुनको कारोबार प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । लगातार बढ्दै शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रूपैयाँ पुगेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार तोलामा चार हजार चार सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *