२०८२ कार्तिक २५ गते मङ्गलवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?


काठमाडौं ,असोज २२ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ।

मंगलबार २३ सय रुपैयाँले बढेको सुन आज २६ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बुधबार २६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार कायम भएको छ।

मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४०० पुगेको थियो।

सुनको मूल्य बढेपनि चाँदी भने सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार एक तोला चाँदी २ हजार ९६० मा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *