२०८३ साउन ११ गते सोमवार

डुबेर बालकको मृत्यु

दाङ, असार १८ । कैलालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका– १२ सी गाँउका ८ बर्षीय शिद्धार्थ श्रेष्ठको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुमार सिंहका अनुसार प्रहरीलाई बालक डुबेको बारे राति सवा ९ बजे मात्रै खबर भएको थियो ।


घर नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुवेका बालकलाई सेती प्रादेशिक अस्पताल धनगडी पुर्‍याउँदा चिकित्कसले मृत घोषणा गरेका थिए ।

शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *