दाङ, जेठ २६ । बलात्कारको आरोपमा अछामका एक युवक सोमबार पक्राउ परेका छन् ।
दैलेखकी एक युवतीले बाँकेको कोहलपुरमा दिएको जाहेरी पछि उनी फरार थिए ।
जिल्ला तुर्माखाँद गाउँपालिका – १ रहफका २० बर्षीय मनबिर शाहीलाई पक्राउ गरि कोहलपुर तर्फ पठाइएको अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रशाद भण्डारीले जानकारी दिए ।
परिवर्तित नामथर संकेत ६५ कोहलपुरले (२०८१ / ०८२०) ४१ को जाहेरी पछि शाही फरार रहँदै आएका थिए ।
बाँके प्रहरीको आग्रहमा अछाम प्रहरीले शाहीलाई पक्राउ पछि कोहलपुर तर्फ पठाएको छ ।
शाही बिहान १० बजेतिर पक्राउ परेका थिए । प्रहरी चौकी रहफबाट प्रहरी निरीक्षक उत्तमसिंह कार्की नेतृत्वमो शाहीलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते सोमवार