दाङ, जेठ ५ । अछाममा छानोबाट चितुवा गोठ भित्र पसेर किसानले पालेका खसी बाख्रा मारेको छ ।
जिल्लाको रामारोशन गाउँपालिका – ५ दलेनाका किसान उदयबहादुर रोकायाले पालेका चार वटा खसी बाख्रा राति चितुवाले मारेको छ ।
दुई बाख्रा, एक बोका र एउटा च्याङ्ग्रो मध्य राति छानोबाट खोरमा पसेर मारेको हो ।
सोमबार बिहान २ बजेतिर चितुवा छानाबाट गोठ भित्र पसेर रोकायाको गोठमा रहेका चार वटा खसी बाख्रा मारेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
रोकायाको ढुँगा माटोको गोठमा खरले छानो थियो । त्यही छाना माथिबाट चितुवा बाख्रा खोरमा पसेर खसी बाख्रा मारेको थियो ।
डिएसपी भण्डारीले घरदेखि गोठ १० मिटर जति टाढाको गोठमा खरको छानामाथि बाट पसेर खसी बाख्रा मारेपछि फेरि चितुवा त्यही छानोबाट भागेको पाइएको जानकारी दिए ।
प्रहरी पोष्ट चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्रसिंह पालीको कमाण्डमा प्रहरी बिहान घटनास्थल पुगेको थियो ।

