२०८२ जेष्ठ ३० गते शुक्रवार

सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घट्याे


काठमाडौं,जेठ १। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो।

यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोवार भैइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *